Aamsanchar

छुर्पी अमेरिका निर्यात, बढ्यो किसानको आम्दानी

Author Image
बुधवार, कार्तिक २४, २०७३

इलाम :

taplejug-photo-churpi-57e7656bd6b160.36015582

नेपालमा उत्पादित छुर्पी अमेरिका निर्यात हुन थालेपछि पूर्वी पहाडी जिल्लाका किसानहरुले मनग्ये आम्दानी गर्न थालेका छन्।  हाल छुर्पी उत्पादनलाई किसानले अर्थोपार्जनको मुख्य क्षेत्र बनाउदै आएका छन्।

छुर्पी अमेरिका निर्यात हुन थालेपछि पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुंग, धनकुटाका किसानहरुको आर्कषण बढ्दै गएको हो।  नेपालमा उत्पादित छुर्पी अमेरिकामा हिमालयन डगच्युको रुपमा कुकुरको आहाराको लागी प्रयोग हुन थालेपछि किसानहरुले छुर्पीको राम्रो मुल्य पाउन थालेका हुन्।

स्थानीय बजारमा २ सय रुपैया प्रति केजी बिक्री हुँदै आएको छुर्पी अमेरिका निर्यात हुन थालेपछि किसानहरुले प्रति केजी ५ सय रुपैयासम्म मुल्य पाउन थालेका छन्।  इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटाका किसानहरुले बनाएको छुर्पी मनराम हिमालय एन्डीग्राफले अमेरीका निर्यात थालेपछि कृषकहरुले आम्दानीको मुख्य स्रोत बनेको हो।

ती क्षेत्रबाट वार्षिक १० करोडभन्दा बढी मुल्य बराबरको छुर्पी अमेरिका निर्यात हुँदै आएको छ।  इलामको माबु, माइमझुवा, जमुना, माइपोखरी, सुलुवुङ लगायतका क्षेत्रमा उल्लेख्य मात्रामा छुर्पी उत्पादन हुने गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 233

प्रतिक्रिया (०)