काठमाडौंः

भारत सरकारले मंगलबार मध्यरातदेखि लागू हुने गरी भारतीय रुपैयाँ पाँच सय र एक हजार दरका नोट प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार साँझ राष्ट्रका नाममा गरेको टेलिभिजन सम्बोधनमा यस्तो घोषणा गरेका हुन् । कालोधन, भ्रष्टाचार र नक्कली नोटका कारण उत्पन्न समस्या हल गर्न भारतीय प्रधानमन्त्री मोदीले नयाँ घोषणा गरेका हुन् ।

अहिले भारतीय रुपैयाँ पाँच सय र एक हजारका नोट बोकिरहेका व्यक्तिहरूले नजिकको बैंक या पोस्ट अफिसहरूमा लगेर डिपोजिट गर्न सक्ने मोदीले बताए । ‘अब भारतीय रुपैयाँ पाँच सय र एक हजारका नोट यही रातिबाट सिर्फ कागजसरह हुनेछन्’, उनले भने ।


भारतीय रुपैयाँ पाँच सय र दुई हजारका नयाँ नोटहरू चाँडै उपलब्ध हुने उनले बताए । मोदीले एक सय, पचास, बीस, दस, पाँच, दुई र एकको नोट निरन्तर चल्ने पनि बताएका छन् ।
Views: 150

