Aamsanchar

‘बजारको झिलिमिली हेरेरै बसेका छौँ ’

Author Image
बुधवार, कार्तिक २४, २०७३

दाङ।

download

अझैसम्मपनि बिजुलीबत्ति बाल्न नपाएका तुलसीपुर नगरपालिका– ७ का बासिन्दाले बजारमा बलेका झिलिमिली बत्ती हेरेरै आफूहरु बस्न बाध्य भएको गुनासो गरेका छन् ।

नगरपालिका भएर पनि बिजुली, खानेपानी, यातायातजस्ता सेवा सुविधाबाट आफूहरु वञ्चित हुनुपरेको वडा विकास सरोकारमञ्चका संयोजक यग्गेबहादुर बूढामगरले बताउनुभयो । ‘बजारमा सोलारसहित बिजुली झिलिमिली छ, हाम्रो वडा भने अन्धकारमय छ, मट्टिलेलबाट टुकी बालेर बसेका छौं । उहाँले भन्नुभयो, ‘न माध्यमिक विद्यालय छ, नत बिजुली पुगेको छ, न कुनै मानिस बिरामी भयो भने तत्काल अस्पतालसम्म पु¥याउने बाटो सबारी साधन नै छ । ’

खानेपानीको पनि त्यतिकै समस्या छ भने विद्यालयका नाममा निमावि मात्र छ भने स्वास्थ्य संस्थाको नाममा एउटा क्लिनिक सञ्चालित रहेको स्थानीयवासी मनकला बूढाले बताउनुभयो ।

कुनै मानिस बिरामी परे दुई घन्टासम्म बोकेर तुलसीपुरसम्म ल्याउनुपर्ने समस्या छ भने खानेपानीको लागि यहाँ एउटा मात्र धारा छ । सोही धारा पनि चैत वैशाखमा सुक्दा दुईघन्टा लगाएर खोलामा पानी लिन जानुपर्ने अवस्था रहेको सोहीस्थान निवासी भद्रबहादुर वलीको भनाइ छ ।
यता तुलसीपुर नगरपालिकाले भने वर्षेनी सो वडाका लागि लाखाँैको बजेट छुट्याउदै आएको छ तर भौगोलिक विकटतका कारण विकासले गतिलिन नसकेको जनाएको छ । सो वडामा नगरपालिकाले असोज महिनमा बाटो निर्माणका लागि डोजर लगाए पनि असोज महिनाको पहिलो सातामा आएको पानीले बाटो बिगारेको र गाडिएका बिजुलीका पोल पनि प्रयोग बिहिन अवस्थामा रहेको सांयोजक बूढामगरले बताउनुभयो ।
आफूहरुले पटक÷पटक समस्या लिएर नगरपालिका धाउँदा पनि कुनै सुनुवाइ नभएकाले अब चरणवद्ध आन्दोन गर्ने उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर