Aamsanchar

पेसागत सुरक्षा सुनिश्चित नहुँदा सञ्चारकर्मीको अवस्था कमजोर

Author Image
बुधवार, कार्तिक २४, २०७३

काठमाडौँ।

press1-300x163

नेपालमा पत्रकारको पेसागत सुरक्षा सुनिश्चित नहुँदा सञ्चारकर्मीको अवस्था कमजोर बन्दै गएको एक अध्ययनले देखाएको छ ।

संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को सहयोगमा मिडिया एक्सन नेपालले आज जारी गरेको प्रतिवेदनअनुसार सञ्चारमाध्यममा कार्यरत करिब आधासँग नियुक्ति र करार सम्झौतापत्र नहुनुले पेसागत अवस्था नाजुक भएको पुष्टि गरेको उल्लेख छ ।

प्रतिवेदनका अनुसार अनियमित तलब, खस्कँदो कार्य सम्पादन क्षमता तथा जनस्तरमा पत्रकारप्रतिको घट्दो विश्वसनीयताजस्ता कारण अनुसन्धानले खुट्याएको अध्ययनकर्ता डा निर्मलमणि अधिकारीले जानकारी दिनुभयो ।

पत्रकारको सुरक्षाको मुद्दा राष्ट्रिय सरोकारको विषय भए पनि त्यसको संरक्षणका लागि व्यावहारिक काम गर्न नसकेको प्रतिवेदनले प्रष्ट गरेको भन्दै त्यसप्रति ध्यान दिनुपर्ने राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीको भनाइ छ । उहाँले कानुनको शासन नभएसम्म नागरिक सुरक्षित हुन नसक्ने भन्दै राज्य संयन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले पत्रकारले पत्रकारिता गरेकै कारण असुरक्षित हुन परेको हो कि अन्य कुनै काम गर्दा पत्रकार असुरक्षित भएको हो भन्ने विषयमा प्रष्ट हुनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष महेन्द्र विष्टले पत्रकारको असुरक्षा हुनुको मुख्य कारण पत्रकार र पत्रकारितासँग सम्बन्धित कानुनको कार्यान्वयन नहुनु नै भएको धारणा राख्नु भयो ।

सूचना विभागका महानिर्देशक रघुराम विष्टले पत्रकारले आफू असुरक्षित हुनुका कारण पत्ता लगाएर त्यसको समाधान गर्नुपर्नेमा जोड दिँदै पत्रकारिता मर्मलाई विश्वसनीय बनाउनका लागि आचारसंहिता कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले दण्डहीनता संस्थागत भएका कारण पत्रकारको पेसागत सुरक्षा कमजोर भएको धारणा राख्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर