Aamsanchar

क्रिकेटर युवराज सिंहको बिहे नोभेम्बर ३० मा

Author Image
शनिवार, कार्तिक २७, २०७३

एजेन्सी।

yubraj-and-hazel-58244c314c1270.07406524

भारतीय चर्चित क्रिकेटर युवराज सिंह वैवाहिक बन्धनमा बाँधिने भएका छन्। क्रिकेटर सिंहले अभिनेत्री हजेल किचसँग बिहे गर्न लागेका हुन्।

क्रिकेटर सिंह र अभिनेत्री किचको अघिल्लो वर्षको नोभेम्बर ११ मा फूलमाला भएको थियो। उनीहरुको बिहे भारतको चन्डीगढमा पन्जाबी रितिरिवाजअनुसार नोभेम्बर ३० मा हुनेछ भने गोवामा हिन्दु रितिरिवाज अनुसार डिसेम्बर २ मा हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

बिहे बन्धनमा बाँधिन लागेको युवराज र हजेलले बुधवार सँगै डिनर खाएको टाइम्स अफ इन्डियाले जनाएको छ। क्रिकेटर युवराजले बिहेको भोज भने डिसेम्बर ७ मा दिल्लीमा दिनेछन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर