Aamsanchar

धरौटीमा छुटे जुवाडे

Author Image
शनिवार, कार्तिक २७, २०७३

भद्रपुर।

ghus-lidai

झापाको भद्रपुरमा जुवा खेलिरहेका ८ जना जुवाडेलाई नगद एक लाख सहित पक्राउ गरेको छ ।

भद्रपुर नगरपालिका १४ स्थित लेखनाथचोक बस्ने राजेन्द्र तुलाधारमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले छापा मारेर पक्राउ गरेको हो ।

प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाका अनुसार प्रहरीले जुवा खालबाट घरधनी राजेन्द्र तुलाधार सहित भद्रपुर बस्ने १४ बस्ने मनोज साह, सञ्जोग गिरी, निर्मल राजवंशी, समिर शाक्य, राजु राजंवशी, भद्रपुर १३ बस्ने जनक खडका, सुरेश तुलाधार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुका साथ बाट नगद एक लाख ३ हजार ७ सय ६२ रुपैया, २११ पत्ती तास र विभिन्न क्यारमबोर्डको गोटी बरामद गरेको प्रहरी निरीक्षक कोइरालाले जानकारी दिए ।

पक्राउ परेका ८ जना जुवाडेलाई जिल्ला प्रशासन कार्यालय झापाले जनही ३ हजारको दरले धरौटी राखेर छाडिदिएकोजनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर