Aamsanchar

विश्व निमोनिया दिवस मनाईंदै

Author Image
शनिवार, कार्तिक २७, २०७३

काडमाडौं,

download

विश्व निमोनिया दिवस शनिबार मनाईंदै छ । सन् २००९ देखि निमोनिया रोगको बारेमा जानकारी फैलाउन यो दिवस मनाउन थालिएको हो ।

विशेषगरी ५ वर्षमुनिका बालबालिका र ६० वर्ष काटेका बुढाबुढीलाई सामान्य रुघाखोकी लागेपछि निमोनियाको जोखिम धेरै हुने भएकाले सचेत हुन बालरोग विशेषज्ञ डा. गणेश राईले सुझाव दिनुभएको छ । एक हप्ताभन्दा धेरै समय रुघाखोकी लागे स्वास्थ्य संस्था जान उहाँले सुझाव दिनुभयो ।

उहाँका अनुसार जाडो याममा रोग प्रतिरोधात्मक क्षमता घट्ने तथा धेरैजना एकै ठाउँमा बस्ने गर्दा एक व्यक्तिमा देखिएको रुघाखोकी अरुमासर्ने सम्भावना धेरै हुन्छ । रुघा खोकी लाग्ने भाइरस चिसोमा बढी सक्रिय हुने उहाँले बताउनुभयो ।

कम भेटघाट गरे, एउटै कोठामा धेरैजना नबसे, बाहिर हिँड्दा मास्क लगाए, बाहिरका खानेकुरा नखाए, झोलिलो खानेकुरा खाए जाडोमा लाग्ने रुघाखोकीबाट बच्न सकिने उहाँको भनाई छ ।

यस्तै बच्चालाई ठिक्क लुगा लगाइने, ज्वरो आए कफ सिरपको सट्टा सिटामोल खुवाउने, ६ महिनासम्म आमाको दूध मात्र खुवाउने, बच्चाको आवाज बेग्लै किसिमको आउन थाले स्वास्थ्य संस्थामा लान पनि डाक्टर राईले सुझाव दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर