Aamsanchar

लोकप्रिय बन्दै थोपा सिँचाइ

Author Image
शनिवार, कार्तिक २७, २०७३

सल्यान।

Thopa_Sichai

व्यावसायिक तरकारी खेतीसँगै किसानहरु थोपा सिँचाइतर्फ आकर्षित हुँदै गइरहेका छन् ।

सिँचाइ नभएका ठाउँमा थोपा सिँचाइ निकै प्रभावकारी देखिएको छ । सुक्खापन, वर्षा र शीतबाट बचाउन प्लास्टिक टनेल तयार गरी थोपा सिँचाइ गर्दा थोरै जग्गामा पनि मनग्य फाइदा लिन सकिने किसानको भनाइ छ ।

सल्यान जस्तो सुक्खा स्थानका लागि थोपा सिँचाइ प्रविधि निकै प्रभावकारी देखिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लाका अधिकांश स्थानमा तरकारी खेतीका लागि पर्याप्त पानीको स्रोत नभएकाले पनि थोपा सिँचाइ प्रभावकारी बन्दै गएको जिल्ला कृषि विकास कार्यालयका निमित्त कृषि अधिकृत तिलकबहादुर केसीले बताउनुभयो ।

प्लास्टिक टनेलभित्र थोपा सिँचाइ प्रविधि प्रयोगमा ल्याइएपछि आफ्नो उत्पादनमा दुई गुणाले वृद्धि भएको बागचौर नगरपालिका–३ शेरचौरका बमकृष्ण वलीको भनाइ छ ।

व्यावसायिक कृषि खेती गर्दै आइरहेका कृषकले अहिले थोपा सिँचाइ प्रयोग गर्दै आइरहेका छन् । सुरुमा लगानी गर्दा केही महँगो देखिए पनि धेरै समय काम गर्ने भएकाले धेरै सहज हुने गरेको सिद्धेश्वरी–७ ढोरचौरका कुलाराम रेउलेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर