Aamsanchar

घाँस बेचेरै बार्षिक १५ लाख आम्दानी

Author Image
शनिवार, कार्तिक २७, २०७३

धादिङ ।

1478933903grass1

धादिङ बैरेनी नलाङ र नीलकण्ठ गाउँ विकास समितिका किसान अहिले व्यवसायिक घाँस खेतीतर्फ लागेका छन् ।

जिल्लामा दूध उत्पादनका लागि गाई भैंसी पाल्नेको संख्या बढेसँगै किसानको आकर्षण घाँस खेतीतर्फ बढेको हो ।

विभिन्न प्रजातिका घाँसको बिक्रीबाट मात्र धादिङका किसानले बार्षिक दश लाखदेखि १५ लाखसम्म आम्दानी गर्न थालेको किसान बताउँछन् ।

किसानले अहिले समूहमा आधारित घाँस खेती गरेका छन् । घाँसको बिउ र विरुवा उत्पादन गर्ने र त्यसको बिक्रीबाट मनग्य आम्दानीसमेत गर्ने उनीहरु बताउँछन् ।

कतिपय समूहले भने गाई भैसीलाई खुवाउन घाँस नै बिक्री गर्ने गरेका छन् ।

उन्नत जातको घाँस लगाउँदा धेरै दुःख गर्न नपर्ने र खेर गएको भिरालो जमिन भए पनि हुने भएकाले पनि ब्यवसायिक घाँसको विउ विरुवा उत्पादनका साथै घाँस नै उत्पादन गर्न किसान आकर्षित भएका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर