Aamsanchar

नेपाल सोलिडारिटी कपको फाइनलमा

Author Image
शनिवार, कार्तिक २७, २०७३

काठमाडाैं:

nepali-football-team-5826fdc7421dd7.96922983

फिफा बरियतामा ११ स्थानमाथि रहेको लाओसलाई हराउँदै नेपाल एएफसी सोलिडारिटी  कप फुटबलको फाइनल प्रवेश गरेको छ।

मलेसियाको कुचिङस्थित नेगेरी रंगशालामा शनिबार भएको खेलमा लाओसलाई ट्राइब्रेकरमा ३–० गोल अन्तरले पराजित गर्दै नेपाल एएफसी सोलाडिरीटी कप फुटबलको फाइनल प्रवेश हो।

नेपाललाई फाइनलमा पुर्याउन गोलरक्षक किरण चेम्जोङ नायक सावित भए। पेनाल्टी सुटआउटमा किरणले लाओसका तीनमध्ये दुई प्रहार रोकेका थिए। नेपालका लागि पेनाल्टी सुटआउटमा हेमन गुरुङ, विक्रम लामा र सुजल श्रेष्ठले गोल गरे। लाओसको एउटा प्रहार भने बाहिरिएको थियो। नेपालले अब उपाधिका लागि मकाउ र ब्रुनाईबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

यसअघि खेलमा सुरुवाती अग्रता भने लाओसले लिएको थियो। खेलको १८ औं मिनेटमा लाओसका चामपान्थोङले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, त्यो अग्रता लाओसले टिकाइराख्न सकेन। खेलको ४७ औं मिनेटमा नेपालका लागि बिमल घर्तीमगरले गोल गर्दै खेल १–१ गोलको बराबरी ल्याए।

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरित्त समयमा धकेलियो। खेलको १०४ औं मिनेटमा हेमन गुरुङले मिलाएको पासमा हेडमार्फत अनन्त तामाङले हेडमार्फत उत्कृष्ट गोल गरेपछि नेपालले २–१ गोल अग्रता लिएको थियो। तर खेलको ११७ औं मिनेटमा लाओसका लागि चामपान्थोङले गोल दोस्रो गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर