Aamsanchar

राजधानीमा नक्कली प्रहरी असई पक्राउ

Author Image
शनिवार, कार्तिक २७, २०७३

काठमाडौं।

police

राजधानीमा नक्कली प्रहरी पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार महानगरीय प्रहरी परिसर टेकुमा कार्यरत प्रहरी सहायक निरीक्षक हुँ भन्दै रकम असुल गरी मानिसलाई धाकधम्की दिंदै हिंडिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–३५ पेप्सीकोला बस्ने मोरङ उर्लाबारी नगरपालिका–७ मंगलबारेका ३२ वर्षीय अनुप वराललाई नगद ११ हजार ३५ रुपैयाँसहित पेप्सीकोलाबाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर