Aamsanchar

नेपालमा ३२ हजारभन्दा बढी सहकारी गठन

Author Image
शनिवार, कार्तिक २७, २०७३

अन्तर्राष्ट्रिय सहकारी महासंघको आंकडामा नेपालको सहकारी अभियानले छिमेकी महाराष्ट्रहरु भारत र चीनकै हैसियतमा आफूलाई उभ्याउन सफल भएको राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडालले बताएका छन् ।

यहाँस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनको आज उद्घाटन गर्दै बडालले यस्तो बताएका हुन् । पञ्चायतकालको अन्त्यसम्म ८३३ वटा साझा संस्था सञ्चालनमा रहेको जानकारी गराउँदै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका बडालले प्रजातन्त्र बहालीपछि २०४८ सालमा सहकारी ऐन बनेको र मानिसहरुमा सहकारिताप्रति रुचि बढ्दै गएर आज ३२ हजारभन्दा बढी गठन भइसकेको बताए । अझ २०६३ सालमा आन्तरिम संविधान जारी गरिँदा सहकारीलाई अर्थतन्त्रको एउटा खम्बा स्वीकार गरिए पछि यसको प्रगति बढ्दै गएर छिमेकी महाशक्ति राष्ट्रहरुकै हाराहारीमा पुगेको अध्यक्ष बडालले दाबी गरे ।

s2

प्रोफेसर मोहम्मद युनुसको नाममा स्थापित ५१ हजार राशिको पुरस्कार ग्रहण गर्दै  सुन्दर दुलारी नगरपालिका मोरङकी दुर्गादेवी सुवेदी

सहाराले सामाजिक क्षेत्रमा राम्रो लगानी गरेकोप्रति खुशी व्यक्त गर्दै नेकपा एमालेका सांसदसमेत रहेका बडालले आफ्नो कार्यक्षेत्रका गाविस तथा नगरपालिकाहरुमा सामाजिक रुपान्तरणको कार्यक्रमलाई थप प्राथमिकता सुझाब पनि दिए । विश्व अर्थतन्त्र र प्रतिव्यक्ति आयको बारेमा चर्चा गर्दै उनले नेपालको प्रतिव्यक्ति आय बढाउन सहकारीको योगदान पनि महत्वपूर्ण रहेको जिकिर गरे ।

संस्थाका अध्यक्ष ताराप्रसाद सञ्जेलको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन शत्रमा दुईजना व्यक्तित्वलाई सम्मानित र पुरस्कृत गरिएको छ । संस्थाले हरेक वर्ष प्रदान गर्ने एक लाख रुपैयाँ राशिको राष्ट्रिय व्यक्तित्व पुरस्कार लघुवित्त कार्यक्रमका अभियन्ता, स्वावलम्बन विकास केन्द्र काठमाडौंका अध्यक्ष शंकरमान श्रेष्ठलाई प्रदान गरियो । यसैगरी लघुवित्त कार्यक्रमका प्रवद्र्धक, नोवल पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनुसको नाममा स्थापित ५१ हजार राशिको पुरस्कार सुन्दर दुलारी नगरपालिका मोरङकी दुर्गादेवी सुवेदीलाई प्रदान गरियो । कार्यक्रममा सहारा साकोसको लोगो अंकित झण्डा सगरमाथाको चुचुरो पहराउन सफल झापाका युवा आरोही अनिष लुईटेललाई सहाराको सद्भावना दूत घोषणा गर्दै प्रशंसित गरिएको छ ।

s1

एक लाख रुपैयाँ राशिको राष्ट्रिय व्यक्तित्व पुरस्कार ग्रहण गर्दै  लघुवित्त कार्यक्रमका अभियन्ता, स्वावलम्बन विकास केन्द्र काठमाडौंका अध्यक्ष शंकरमान श्रेष्ठ 

साधारणसभामा संस्थाका अध्यक्ष सञ्जेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव तथा कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले संस्थाको भावी नीति तथा कार्यक्रमहरुबारेको प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा मेचीनगरको धुलाबारीमा केन्द्रीय कार्यालय रहेको हाम्रो वहुउद्देश्यीय सहकारी संस्था (हावस) लि. र साहारा साकोसबीच एकीकरणको घोषणा पनि गरियो ।आज उद्घाटन गरिएको साधारणसभाले यही मंसिर ४ गते आगामी चार वर्षे कार्यकालका लागि २१ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने जानकारी दिइयो ।

s3

हाम्रो वहुउद्देश्यीय सहकारी र  साहारा साकोसबीच एकीकरणको घोषणा गदै दुई संस्थाका अध्यक्षहरु विचमा प्रखुख अतिथि

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर