Aamsanchar

कक्षा १२ को प्रमाणपत्र वितरण स्थगित

Author Image
आइतवार, कार्तिक २८, २०७३

काठमाडौं ।2

लेटर प्याड सकिएपछि राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई उपलव्ध गराउँदै आएको माइग्रेसन, प्रोभिजनल, ट्रान्सक्रिप्ट तथा स्थायी प्रमाणपत्र वितरण स्थगित गरेको छ । यसअघि उच्च माध्यमिक शिक्षापरिषदका नाममा वितरण गरिँदै आएको यस्ता प्रमाण्पत्र शिक्षा ऐन संशोधनसँगै राष्ट्रिय परीक्षा बोर्डबाट वितरण गर्नुपरेको थियो ।

ऐन संशोधन भएपछि असार १५ मा उच्च माध्यमिक शिक्षा परिषद खारेज गरी परीक्षा बोर्ड बनाइएको थियो ।  परीक्षा बोर्डगठन भएपनि बोर्डका नामबाट तत्काल विद्यार्थीलाई प्रमाणपत्र वितरण गर्न असम्भव भएपछि सोही दिनदेखि प्रमाणपत्रको तल्लो भागमा नोट लेखेर परिषद्को नामबाटै वितरण गरिँदै आएको थियो ।

तर परिषद को लेटर हेर्ड लेखिएका यस्ता प्रमाणपत्र पनि अहिले सकिएको छ । जसका कारण बोर्डले मंसि २० गतेसम्मका लागि सबै प्रकारका प्रमाणपत्र वितरण स्थगित गरेको छ ।आजको अन्नपूर्णमा समाचार छ ।

Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर