इनरुवा ।

सुनसरीको औरावनी गाविस–२ मा शनिबार मध्यराति आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ ।

आगलागीमा परेर पसलभित्र रहेको फ्रिज, चाउचाउ, बिस्कुट, चामल, चिनीलगायतको सामग्री पूर्णरुपले जलेर नष्ट हुँदा रु पाँच लाख बराबरको क्षति भएको पसल सञ्चालक सुरेश चौधरीले जानकारी दिनुभयो । विद्युत् सर्ट भएर आगलागी भएको स्थानीयवासीले बताएका छन् ।

आगलागीलाई स्थानीयवासी र प्रहरीले संयुक्त रुपमा नियन्त्रणमा लिएको स्थानीयवासी सुरेन्द्र चौधरीले जानकारी दिनुभयो ।


Views: 145

