Aamsanchar

मागको सुनवाई नभए अनसन बस्ने तयारीमा डा. केसी

Author Image
आइतवार, कार्तिक २८, २०७३

काठमाडौं,

Dr govinda kc continues his fast un to death on the 11th day at teaching hospital premises demanding reform in the education sector in Kathmandu on Wednesday, July 20, 2016 Photo: Keshab Thoker/Nagarik/Republica

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले दशौं अनसनको तयारी थाल्नुभएको छ । शनिबार दिएको अल्टिमेटम अनुसार आइतबार दिउँसो २ बजेसम्म पनि मागको सुनुवाई नभए अनसन थाल्ने उहाँको तयारी छ ।

चिकित्सा शिक्षाको सुधारको माग गर्दै नवौं पटकसम्म अनसन बसेपनि सुनुवाई नभएपछि दशौंपटक अनसन बस्ने तयारी गरेको उहाँले उज्यालोलाई बताउनुभयो । उहाँले यसपटक चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा वरिष्ठताका आधारमा डीन नियुक्ति हुनुपर्ने मागलाई मुख्य बनाउनुभएको छ ।

दिउँसो २ बजेसम्म आफ्नो मागको सुनुवाई गर्न उहाँले शनिबार २४ घण्टे अल्टिमेटम दिनुभएको थियो । संस्थानमा वरिष्ठताको साटो राजनीतिक आस्थाका आधारमा नियुक्तिको तयारी भइरहेको भन्दै डा. केसीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक तीर्थ खनियालाई पनि बर्खास्त गर्नुपर्ने माग गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर