चितवन:
श्रीमतीलाई वियोगान्त पत्र लेखेर मोरङका एक युवकले नारायणी नदीमा हामफालेका छन्।
वडा प्रहरी कार्यालय नारायणीका अनुसार गएराति नारायणी नदीको पुलको बीच भागमा श्रीमतीलाई पत्र लेखेर छाडेका पथरी–१ मोरङका ३१ वर्षीय तिलकप्रसाद लिम्बू नदीमा हामफालेका हुन्।
प्रहरी निरीक्षक राजेन्द्र थापाका अनुसार पत्रमा श्रीमती अञ्जलीलाई राम्रोसँग जिउन आग्रह गरिएको छ। पत्रसँगै श्रीमतीको सक्कल नागरिकता, आफ्नो नागरिकताको प्रतिलिपि, मोबाइल, चुरोट, लाइटर, ज्याकेट, कलम, विवाह दर्ताको प्रमाणपत्र पनि छाडिएको छ।
उनीहरुको २०६० साल फागुन २५ गते विवाह भएको प्रमाणपत्रमा उल्लेख छ। अाइतबार बिहान पत्र र ती सामग्री फेला परेपछि प्रहरीले नदीमा उनको खोजीलाई तीव्रता दिएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 141