Aamsanchar

शान्ति तथा निशस्त्रीकरण एसिया कार्यालय पुनःस्थापना हुने

Author Image
आइतवार, कार्तिक २८, २०७३

काठमाडौँ ।

nepal-army-580f0b8f551525.78280234

संयुक्त राष्ट्र सङ्घको शान्ति तथा निशस्त्रीकरण एसिया कार्यालय नेपालमा पुनःस्थापना हुने भएको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले शान्ति तथा निशस्त्रीकरण एसिया कार्यालय काठमाडौँमा पुनःस्थापना गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

सरकारले त्यसका लागि एक लाख ११ हजार ६८५ अमेरिकी डलर बजेट छुट्याउने निर्णय गरेको छ । यसअघि सो कार्यालय २०७२ सालको गोरखा भूकम्पपछि नेपालबाट हटाइएको थियो ।
बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत केही दरबन्दी थप गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

सरकारले सौर्य ऊर्जाको विकास र ऊर्जा सङ्कट निवारण गर्न एसियाली विकास बैंकबाट प्राप्त हुने करिब रु दुई अर्ब १२ करोड अनुदान सहायता प्राप्त गर्न अर्थ मन्त्रालयको एक वार्ता टोली गठन गरेको छ । सो वार्ता काठमाडौँमा हुने पनि मन्त्री कार्कीले जानकारी दिनुुभयो ।

बैठकले जनता आवास कार्यान्वयन कार्यविधि र राष्ट्रिय सहरी विकास रणनीतिको प्रस्तावलाई छलफलका लागि मन्त्रिपरिषद्को आर्थिक पूर्वाधार समितिमा पठाउने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर