Aamsanchar

फेसबुकले आफ्नै मालिकलाई मरेको घोषणा गरेपछि…

Author Image
आइतवार, कार्तिक २८, २०७३

काठमाडौं:

Mark_Zuckerberg_Facebook-5828421ae27c99.40533557

फेसबुकले आफ्नै मालिक मरेको घोषणा गरेको छ । गत शुक्रबार फेसबुकमा आएको समस्याले मालिक मार्क जुकरबर्गको निधन भएको र उनलाई श्रद्धाञ्जलि व्यक्त गरेको पाइएको छ ।

जुकरबर्गको प्रोफाइलमा फेसबुकले प्रयोगकर्तालाई सम्झिदै उनको नाममा भावपूर्ण श्रद्धाञ्जलिसहितको म्यासेज देखाइएको थियो ।

फेसबुकले जुकर्रगको प्रोफाइल माथि ‘मार्कलाई मन पराउने जो कोहिले पनि आफूसँग भएको कुनै पनि वस्तुलाई अरुको हितमा प्रयोग गर्न सकेमा उनको आत्मालाई शान्ति मिल्नेछ’ भन्ने सन्देश देखाएको थियो ।

फेसबुकका मालिक जुकरबर्गमात्र नभएर धेरै फेबुक प्रयोगकर्ता यसको सिकार भएका छन् । जिउँदो मानिसको प्रोफाइलमा निधन भएको र निधनमा फेसबुकले श्रद्धाञ्जलि व्यक्त गरेको पाइएको थियो ।

आफ्नो प्रोफाइलमा यस्तो समस्या देखापरे पश्चात कतिपय फेसबुक प्रयोगकार्ताले ‘म मरेको छैन’ भन्ने स्टेटस नै राखेको पाइएको छ । यो बिषयलाई लिएर फेसबुकका प्रवक्ताले ठूलो गल्ती भएको र यो समस्याको समाधान भइसकेको बताएका छन् । साथै उनले यो समस्यालाई लिएर माफी मागेका छन् । ‘म र फेसबुक परिवारका तर्फबाट माफिसमेत माग्छु’, उनले भने,। एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर