Aamsanchar

पौने १३ करोड रुपैयाँको लागतमा झापामा एनएमसी डेरी उद्योग

Author Image
सोमवार, कार्तिक २९, २०७३

बिर्तामोड ।IMG20161113125637
झापाको मेचीनगर–१३ स्थित जोरसिमल नजिकै साढे १२ करोड रुपैयाँको लागतमा एनएमसी डेरी उद्योग सञ्चालनमा आएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाको पूर्ण स्वामित्वमा सञ्चालित डेरी उद्योगको उद्घाटन पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो ।
सहकारी संस्थाको एकल स्वामित्वमा १२ करोड ७५ लाख रुपैयाँको लगतमा स्थापना भएको डेरीले गत बैशाख १ गतेबाट परीक्षण उत्पादन शुरु गरेको थियो । उद्घाटन समारोहमा बोल्दै उद्योगका प्रबन्ध निर्देशक डेरीविद् तथा पोषणविद् श्यामकुमार मिश्रले दैनिक १० हजार लिटर दुध प्रशोधन तथा वितरण गर्दै आएको उद्योगकको प्रति घण्टा ३ हजार लिटर दुध प्रशोधन तथा उत्पादन गर्न सक्ने क्षमता रहेको बताउनुभयो ।

कार्यक्रममा सहकारीका अध्यक्ष रामचन्द्र उप्रेतीले एनएमसी डेरीको मुख्य ध्यान नै गुणस्तरमा रहेको बताउँदै आम उपभोक्ताको अपेक्षालाई अझ उचाईँसम्म पु¥याउने बताउनुभयो । उहाँले सामाजिक रुपमा असल चरित्रको निर्माण अभियानमा जुटेको एनएमसी आफ्नो लक्ष्य अनुरुप अघि बढेको धारणा राख्नुभयो ।
कार्यव्रmमका प्रमुख अतिथि समेत रहनु भएका नेकपा एमालेका अध्यक्ष ओलीले एनएमसीलाई अझ् उचाईमा पु¥याउँदै सेवा ग्राहीको मन जित्न शुभकामना दिनुभयो । उहाँले एनएमसी डेरीलाई भारतको अमूल डेरीसँग तुलना गर्दै थोरै घाटाको पर्वाह नगरी आफ्नो लक्ष्य प्राप्तिमा अघि बढ्न सुझाव दिनुभयो ।
कार्यव्रmममा राष्ट्रिय सहकारी सङ्घका संस्थापक अध्यक्ष दीपकप्रसाद बाँस्कोटाले सरकारले सहकारीलाई अझ बढी प्राथमिकताका साथ अघि बढाउन सहयोग गर्नु पर्ने बताउनुभयो ।
डेरी उद्घाटन समारोहमा पूर्व कानून मन्त्री अग्नि खरेल, नेकपा एमालेका क्षेत्र नम्बर १ का सांसद रवीन कोइराला, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, नेकपा एमाले जिल्ला अध्यक्ष चिन्तन पाठक, पूर्व जिल्ला अध्यक्ष बिष्णु प्रसाईँ, माओवादी केन्द्रका झापा जिल्ला अध्यक्ष झलकसिंह दलार्मी आतिथ्यता रहेको थियो ।
एनएमसी डेरीका प्रबन्ध निर्देशक श्यामकुमार मिश्रले स्वागत गरेको कार्यव्रmमको सञ्चालन संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए ।

Views: 206

प्रतिक्रिया (०)

सम्बन्धित खबर