Aamsanchar

दमक अस्पतालमा डेंगु ज्वरो आएका बिरामीको रगत परिक्षण सुरु

Author Image
सोमवार, कार्तिक २९, २०७३

दमक।

lamkhutte

झापको सरकारी दमक अस्पतालमा आइतवारदेखि डेंगु ज्वरो आएका बिरामीको रगत परिक्षणको ब्यवस्था मिलाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बिरुद्ध स्थानीय सरोकारवालाहरु आक्रोशित भएपछि ल्यावको शुरुवात भएको हो । ल्यावको उपकरण र स्वास्थ्यकर्मी हुदा पनि अहिलेसम्म ल्याव शुरु गरिएको थिएन ।

जिल्ला जन स्वास्थ्य कार्यालयले डेगु परिक्षण, उपचार र ब्यवस्थापनको सम्पूर्ण काम दमक अस्पतालमा हुने बताएपनि यस्तो सेवा नभएपछि हावादारी भ्रम फिजाइएको भन्दै दमक उद्योग बाणिज्य संघ लगायतले जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रमहरु समेत बहिष्कार गर्ने चेतावनी दिएका थिए ।

दमक अस्पतालका निमित्त प्रमुख नगेन्द्र भट्टराईका अनुसार आइतवार देखि डेंगु ज्वरो आएको शंका लागेका र डेंगु देखिएका बिरामीहरुको निशुल्क रगत परिक्षणको ब्यवस्था मिलाईएको छ । अस्पतालमा राखेर उपचार गर्ने अवस्था अहिले पनि नरहेको उनले बताएकाछन् ।

यसैबीच झापाको दमक र आसपासको क्षेत्रमा डेंगु ज्वरोको महामारी नियण्त्रणमा आउन नसकेपछि झूलको माग अत्याधिक भएको छ । बजारमा झूल र लामखुट्टे धपाउने धूप तथा लगाउने क्रिमहरुको अधिक माग भएको बताईएको छ । जाडो समय शुरु भएपछि बिगतका बर्षहरुमा झूल बिक्रि नहुने भएपनि अहिले बजारमा झूलको माग अधिक भएको र सकेसम्म सरल रुपमा झूल उपलब्ध गराउन ब्यवसायिहरुलाई भनिएको दमक उद्योग बाणिज्य संघ कार्य समिति सदस्य नबिनकुमार अग्रवालले बताए । अग्रवालका अनुसार लामखुट्टेको टोकाइबाटब बच्नका लागि झूल नै सबैभन्दा उत्तम भएकाले यसको अभाव हुन नदिन सम्बन्धित ब्यवसायिहरुलाई संघले बारम्बार आग्रह गरिएको छ ।

लामखुट्टेबाट बच्नका लागि लगाइने क्रिम र भगाउनका लागि लगाइने धूपको पनि बजारमा अभाव हुन थालेको बताईएको छ । यसको बितरण गर्दै आउनु भएका दमकका ब्यवसायि अजय अग्रवालका अनुसार सकेसम्म समानुपातिक रुपमा ब्यवसायिहरुलाई धेरैभन्दा धेरै उपलब्ध गराउने काम भइरहेको छ । माग अधिक रहेकाले यसमा बिशेष चासो दिएर नै उपलब्ध गराउदै आइएको उनले बताए ।

फेम्लि फीजिसियन डा. सूर्यनारायण शाहका अनुसार दमक र आसपासको क्षेत्रमा डेंगु ज्वरोको महामारी रोकिनुको सट्टा बढ्दो अवस्थामा रहेकाले बच्नका लागि सबै होशियार हनु पर्ने बताए । बिरामी र जोखिममा रहेकाहरु सकेसम्म झूलमा बस्न सके राम्रो हुने उहाँले सल्लाह दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर