Aamsanchar

बोक्सीको आरोपमा वृद्धा कुटिएको विषयमा अनुसन्धान सुरु

Author Image
सोमवार, कार्तिक २९, २०७३

खोटाङ,

Dhami

खोटाङको बाँझेच्यानडाँडा–१ सेखुवाकी ७२ वर्षकी वृद्धालाई बोक्सीको आरोपमा कुटपिट भएको घटनाका विषयमा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ ।

बोक्सीको आरोपमा बाँझेच्यानडाँडा–१ सेखुवाकै धनगन्ज राई दम्पतीले  गएको जेठ १३ गते ति वृद्धालाई बोक्सी आरोपमा कुटेका थिए ।

पीडित वृद्धाले ‘बोक्सी सम्बन्धी सजाय तथा कसुर अन्तर्गतको मुद्दा दर्ता गर्न खोजे पनि प्रहरीले घटनालाई सार्वजनिक अपराध शिर्षकमा मुद्दा चलाएको’ भन्दै आयोगमा दिएको उजुरीका आधारमा आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलले अनुसन्धान सुरु गरेको हो ।

पीडित पक्षले न्यायकालागि दोषीविरुद्ध बोक्सी सम्बन्धी सजाय तथा ऐन कसुरमा मुद्दा चलाउन र न्याय दिलाउन माग गर्दै कात्तिक १ गते आयोगको दिक्तेलस्थित कार्यालयमा उजुरी दिएका थिए । उजुरीपछि कात्तिक ४ गतेदेखि १० गतेसम्म आयोगको टोली घटनास्थल गइ पीडित, पीडक तथा प्रत्यक्षदर्शी, आफन्त लगायतलाई भेटेर अध्ययन गरेर फर्किएको छ ।

यस विषयमा आयोगले सत्यतथ्य पत्ता लगाउन थप अनुसन्धान गरिरहेको जनाएको छ । आफ्नो नाबालक छोरोलाई ‘बोल्न नसक्ने बनाएको र बोल्ने नबनाए ज्यान लिने’ भन्दै राई दम्पतीले वृद्धालाई कुटपिट गरेको प्रत्यक्षदर्शी बताउँछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर