Aamsanchar

झापामा सुनौलो र निलोकन चक्कीको अभाव

Author Image
सोमवार, कार्तिक २९, २०७३

झापा ।

gulaf

परिवार नियोजनका लागि प्रयोग हुने अस्थायी निरोधक औषधिजन्य सामग्री सुनौलो चक्की, निलोकन वाइट, गुलाब चक्कीको अभाव भएको छ । झापामा उक्त चक्कीहरुको अभाव रहेको झापाका विभिन्न क्लिनीकहरुले बताएका छन् ।
सुनौलो चक्की र निकोलन चक्की झापा सहित देशभर नै अभाव रहेको मेची अञ्चल वितरक इन्र्चाज ध्रुवकुमार पौडेलले जानकारी दिए । उनका अनुसार झापामा यि चक्कीको मासिक रुपमा ४५ सय सम्म खपत हुने गरेको छ । अगामी डिसेम्बर महिना सम्ममा यि औषधीहरु आइसक्ने उनले बताएका छन् । सुनौलो चक्की अभाव हुदाँ त्यसका प्रयोग कर्ताहरु पनि गुलाब चक्की तर्फ लागेकाले दुवै औषधीको अभाव देखा परेको उनको भनाई छ ।
झापाका विभिन्न औषधी पसल तथा क्लिनिकहरुमा सहज रुपमा पाइने सुनौलो चक्की नपाउदाँ समस्या भएको महिलाहरुले बताएका छन् । मेची अञ्चलमा पञ्चमुखि मार्फत विरण गरिने यि सामग्रीहरु पछिल्लो समयमा अभाव खड्कीएको पौडेलको भनाई छ । यसैबीच पछिल्लो समय अस्थायी साधनहरु भारत तर्फ चोरी निकासी हुने गरेको स्रोतले जानकारी दिएको छ । भारतीय स्वास्थ्य संस्थामा सहजरुपमा उपलब्ध नहुने भएका कारण परिवार नियोजनका यी सामग्री मेचीपार लगिने गरेको प्रहरीको अनुमान छ ।
सीमावर्ती क्षेत्रका महिला परिवार नियोजन सेवा लिन नेपालका स्वास्थ्य संस्थामा आउनुले पनि त्यहाँ परिवार नियोजनका सामग्रीको उपलब्धता सहज नभएको स्थानीयको भनाई छ ।् प्रजनन् उमेरका महिलाका लागि गर्भिनरोधक साधनको अभाव बढ्दै गएको विभिन्न स्वास्थ्य संस्थाका सञ्चालकहरुले बताएका छन् । शनि–अर्जुन मेडिकलका सञ्चालक अर्जुन ढकालका अनुसार सुनौलो गुलाब दुई महिना देखि र तिहारदेखि निलोकनवाइट चक्कीको अभाव भएको छ । आफुहरुले सिआरएससंग कहिले आउँछ भनेर सोध्दा उत्पादनमा नै ढिलाभएकाले आउन नसकेको जवाफ पाएको जानकारी दिएका छन् ।
महिलालले सहज रुपमा पाउने यस्ता गर्भनिरोधक चक्की सहज रुपमा नपाउदाँ समस्या भएको प्रतिक्तिया दिएका छन् । गर्भ रोक्न प्रयोग गरिने यस्ता चक्कीको अभावले गर्दा ग्रहाकलाई रित्तै र्फकाउनु परेको औषधी पसलका सञ्चालकहरुले बताएका छन् । दैनिक रुपमा ५–७ जना निलोकन र गुलाब चक्कीको खोजीमा आउने गरेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर