Aamsanchar

लाखौँ आप्रवासीलाई निर्वासित वा जेल चलान सम्मको कारबाही गर्ने : ट्रम्प

Author Image
सोमवार, कार्तिक २९, २०७३

झापा ।

106458-trump
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मुलुकमा अवैध रुपमा रहेका लाखौँ आप्रवासीलाई निर्वासित वा जेल चलान सम्मको कारबाही गर्ने बताउनुभएको छ ।

एक टेलिभिजनसँगको अन्र्तवार्ताका क्रममा ट्रम्पले आफनो कार्यकालको सुरुवातमा नै अवैध र आपराधिक रेकर्ड भएका ३० लाख आप्रवासी बिरुद्ध कारबाही थाल्ने बताउनुभएको हो ।

अमेरिकामा अवैध रुपमा बसोबास गर्ने, आपराधिक गतिविधिमा संलग्न तथा लागूऔषध कारोबारी लगायतलाई कडा कारबाही गर्ने उहाँको भनाई थियो । ट्रम्पले राष्ट्रपति ओबामाको कार्यकालमा सुरु गरिएको माफी योजनालाई खारेज गरी आप्रवासीबिरुद्ध कडा कानुन ल्याउने बताउनुभएको छ । अमेरिकामा झण्डै १ करोड १० लाख आप्रबासी अवैध रुपमा रहेका छन् ।

जसमध्ये मेक्सिकोबाट जाने आप्रवासीको संख्या बढी छ । ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा अवैध आप्रवासी नियन्त्रणका लागि मेक्ििसकोसंगको सीमामा पर्खाल लगाउने योजना अघि सार्नुभएको थियो । ट्रम्पले अगामी जनवरी २० देखि राष्ट्रपतिको कार्यभार सम्हाल्नुहुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)