Aamsanchar

शुभकामना आदानप्रदान तथा बृहत बनभोज कार्यक्रम सम्पन्न

Author Image
सोमवार, कार्तिक २९, २०७३

भरत शिवाकोटी

(युएई)

14991925_10209238138564002_3561711907158945800_n

प्रवासी धनकुटा समाज युएई ले ११ नोभेम्बर २०१६ का दिन दशैं, दिपावली तथा छठ पर्वको अवसरमा दुवईको जाविल पार्कमा शुभकामना आदानप्रदान तथा बृहत बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालको पूर्वी जिल्ला धनकुटा बाट रोजगारीको सिलसिलामा युएईमा रहेका सम्पूर्ण धनकुटेलीहरुलाई निमन्त्रणा गरी आयोजना गरिएको उक्त कार्यक्रम एकआपसमा भेटघाट तथा शुभकामना आदानप्रदान गर्न तथा परदेशमा रहेपनी नेपालीहरुको सांस्कृतिक र परम्परालाई जोगाउँदै सम्वर्द्न गर्न आयोजना गरिएको कुरा प्रवासी धनकुटा समाज युएईका संरक्षक एवं सल्लाहकार समितीका संयोजक सुजन भाई जोशीले बताए ।

नेपाल सरकारले कडाइ गरेपनि विभिन्न किसिमबाट संचालित रहेका दलाल एजेन्टहरु द्वारा चर्को शुल्क असुल्दै गैर कानुनी तवरबाट नेपालीहरुलाई भिजिट भिस्सामा ल्याएर युएईमा अलपत्र पार्ने काम पछिल्लो समयमा मौलाएको प्रसंङ्ग कोटयाउदै समाजका संयोजक प्रबिन पोखरेलले यी र यस्ता किसिमका कुराहरुमा धनकुटाका युवा युवतीहरुलाई सचेत गराउँदै आफ्नो गाउँ घर सम्म सन्देश पुर्याउनका निमित्त कार्यक्रम फलदायी रहेको बताए ।

एक वर्ष अघि तदर्थ समिती गठन गरेर धनकुटेलीहरु संगठित हुँदै आयोजना गरिएको कार्यक्रमले आगामी दुई बर्स कार्यकालका लागि प्रबिन पोख्रेलको अध्यक्षतामा सर्वसम्मत रुपमा १५ सदस्य प्रवासी धनकुटा समाज युएईको कार्यसमिती निर्माण गरेको छ ।

जसको उपाध्यक्षमा अगम कटुवाल, सचिव- कुमार सुबेदी, सह-सचिव- जमुना चौधरी, कोषाध्यक्ष- मुना भुजेल र सदस्यहरूमा क्रमश: प्रबुद्द पोख्रेल, टंक सुबेदी, प्रिया घिसीङ, पुरुषोत्तम डंगोल, किरण घिसीङ, सिन्धु श्रेष्ठ, रबिन डंगोल, सुरेस श्रेष्ठ, गुप्तराज तुम्बा र नबिन बर्देवा रहेका छन भने समितीको संरक्षक एवं सल्लाहकार समितीमा सुजन भाई जोशी, लिलम बि. क. र माया बि.क. रहेका छन ।

धनकुटा जिल्लाबाट युएई आएर रोजगाररत व्याक्तिहरुलाई पर्ने विभिन्न समस्याहरुलाई समाधान गर्न सहयोग गर्ने विशुद्द सामाजिक भावनाबाट अगाडी बढ्दै सम्पूर्ण युएईमा रहेका धनकुटेलीहरुलाई यस समाजको छातामुनी ल्याइने निर्वाचित अध्यक्ष प्रविन पोखरेलले बताए ।

धनाकुटावासीहरुका निमित्त निर्माण गरिएको आपतकालिन कोषलाई थप बृहत बनाएर सबै माझ आपसी सदभाव र भाइचाराको सम्बन्ध सुमधुर बनाउन लागिपर्ने निर्वाचित उपाध्यक्ष अगम कटुवालले जानकारी दिए । तदर्थ समितिका संयोजक प्रबिन पोख्रेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम परिचयात्मक बाट सुरूवात भई सांस्कृतिक कार्यक्रम सहित समापन भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर