Aamsanchar

नेपालको जीत सुनिश्चित उपाधिका लागी आज मकाउसंग भिड्दै

Author Image
मङ्गलवार, कार्तिक ३०, २०७३

काठमाडौं, ।

Pre-Semis-Training-Session-(6)

मलेसियामा जारी पहिलो एएफसी सोलिडारिटी कप फुटबलको उपाधिका लागि फाइनलमा नेपालले आज मकाउसँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार बेलुकी सवा ५ बजे कुचिङको सरावाक मैदानमा हुँदैछ । नेपालले सेमिफाइनलमा लाओसलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्दै कुनैपनि एसियालीस्तरको प्रतियोगिताको पहिलोपटक फाइनलमा ठाउँ बनाएको हो । त्यसैगरी, मकाउले पनि सेमिफाइनलमा पेनाल्टी सुटआउटमा ब्रुनाईलाई हराउँदै फाइनलमा ठाउँ बनाएको हो ।

सोमबार खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जापानी क्योतोकु कोजीले पहिलो प्रतियोगिताको पहिलो च्याम्पियन बन्न टिम लालायित भएको बताएका छन् ।

टिम उच्च मनोबलमा रहेको र खेलाडीहरुमा केही साना समस्याबाहेक घाइतेको समस्यासमेत नरहेकाले उपाधि नेपालले नै जित्नेमा ढुक्क रहेको कोजीले बताए । जित सजिलो नभए पनि मौका भने रहेको कोजीको प्रतिक्रिया छ ।

मकाउका प्रशिक्षक टम आओ सानले प्रतियोगिताअघि आफूहरुको लक्ष्य सेमिफाइनलसम्ममात्र रहेकाले फाइनल नै ठूलो उपलब्धि भएको बताउँदै यसो भन्दैमा खेल नेपाललाई भने नसुम्पने स्पस्ट पारे । उनले बिनादबाब खेलाडीहरुले अन्तिम समयसम्म डटेर खेल्ने भन्दै नेपाललाई कडा चुनौती पनि पस्केका छन् ।

नेपाल र मकाउले अहिलेसम्म आपसमा ५ खेल खेलेका छन् । जसमा नेपालले ३ खेलमा जित हासिल गर्दा एक खेलमा बराबरी गरेको छ भने एक खेलमा हार व्यहोरेको छ । नेपालले १५ गोल गर्दा ७ गोलमात्र खाएको छ ।

केही कमजोर आँकिएको मकाउलाई हराएर फर्ममा रहेको नेपाली टिमले पहिलो ठूलो सफलता हासिल गर्ने आँकलन गरिएको छ ।समूह चरणमा नेपालले ब्रुनाईलाई ३–० ले हराउँदा टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको थियो ।

यता, लाओसले तेस्रो स्थान हासिल गरेको छ । तेस्रो स्थानका लागि सोमबार भएको भिडन्तमा लाओसले ब्रुनाईलाई ३–२ ले पराजित गरेको हो ।यसैबीच नेपालका प्रशिक्षकले नेपालको जित निश्चित भएको बताएका छन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर