धादिङ,
झड्केलो छोरी बलात्कार गर्ने धादिङको खरी–४ का व्यक्तिलाई जिल्ला अदालत धादिङले ८ वर्ष ३ महिना जेल सजायाको आदेश दिएको छ । खरी–४ का व्यक्तिले १४ वर्षीया झड्केलो छोरीलाई २०७२ फागुन २४ गते चैनपुर-२ रामपुरको जंगलमा लगेर बलात्कार गरेका थिए ।
घटनापछि पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयका दिएको जाहेरीपछि उनलाई पक्राउ गरी पुरपक्षका लागि थुनामा राखिएको थियो । अदालतले पीडितलाई १५ हजार क्षतिपूर्ति दिन पनि फैसाला गरेको छ ।
आरोपीलाई बलात्कार गरेकोमा ८ वर्ष र हाडनातामा करणी गरेकोमा ३ महिना गरी ८ वर्ष ३ महिना जेल सजाया गर्न आदेश गरिएको हो । पीडक जिल्ला कारागारमा थुनामा छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 186