Aamsanchar

एकपटक लिखित पासपछि तीनपटक ट्रायल दिन पाइने

Author Image
मङ्गलवार, कार्तिक ३०, २०७३

काठमाडौं : 

driving-test-track

संशोधित सवारी तथा यातायात व्यवस्था नियमावली लागू भएपछि प्रभावित भएको सवारी चालक अनुमतिपत्र लिने प्रक्रिया अझै सुचारु हुन सकेको छैन ।

संशोधित नियमअनुसार सवारी चालक अनुमतिपत्र लिन चाहनेले एक पटक लिखित परीक्षा उत्तीर्ण गरेपछि ९० दिनभित्र ३ पटकसम्म ट्रायल परीक्षा दिन पाइन्छ । यसअघि लिखित परीक्षा उत्तीर्ण गरेपछि एक पटकमात्र ट्रायल दिन पाइने व्यवस्थाको सफ्टवेयर विकास गरिएको थियो ।

“पहिले एक पटक ट्रायल परीक्षा अनुत्तीर्ण गरे पुनः नयाँ प्रक्रियाबाट लिखित दिएर ट्रायलमा समावेश हुुनुपर्ने व्यवस्था थियो,” यातायात व्यवस्था कार्यालय बागमती/सवारी चालक अनुमतिपत्रका प्रमुख चेतप्रसाद उप्रेतीले भने, “अहिले नयाँ व्यवस्था गरिएको छ । एक पटक लिखित परीक्षा उत्तीर्ण गरे ३ पटक ट्रायल परीक्षा दिन पाइन्छ । त्यसका लागि पुरानो सफ्टवेरले काम नगर्ने भएकाले सफ्टवेर अपडेट हुने काम भइरहेको हो ।”

उक्त काम यातायात व्यवस्था विभागले गर्ने भएकाले त्यहाँबाट सफ्टवेर अपडेट गरेर पठाएपछि कार्यालयले लाइसेन्स दिने काम अगाडि बढाउने उनको भनाइ छ । विभागले मंसिर पहिलो सातासम्म सफ्टवेर बनेर आउने बताएकाले आउनासाथै काम अगाडि बढाउने उप्रेतीले जानकारी दिए ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि पटक–पटक लिखित परीक्षा दिएर हैरान भएकाहरूलाई भने नयाँ नियमले राहत दिने भएको छ । गत असोज ११ मा सरकारले संशोधित नियमावली प्रकाशित गरी लागू गरेको थियो ।

उक्त नियम आएपश्चात् चार्डपर्व परेकाले कार्यालयले लाइसेन्स लिने प्रक्रिया रोकेको थियो । तर, बिदा सकिएको ३ सातासम्म पनि सफ्टवेर परिमार्जन गर्न नसक्दा लाइसेन्स लिने प्रक्रिया सुरु हुन नसकेको हो ।

मंसिर १ गतेदेखि नयाँ व्यवस्थासहित सवारी लाइसेन्सका लागि परीक्षा फारम वितरण सुरु हुने भनिए पनि सफ्टवेर नबनेका कारण केही ढिलाइ हुने कार्यालयले जनाएको छ । मंसिरदेखि अब एकपटक लिखित परीक्षा दिएपछि ट्रायलमा फेल भए पनि ३ पटकसम्म आफूलाई प्रमाणित गर्ने अवसर मिल्नेछ ।

एकपटक दिइएको लिखित परीक्षा उत्तीर्ण गरेकाले त्यसको ९० दिनभित्र ३ पटक ट्रायल परीक्षा दिन पाउने गरी सवारी तथा व्यवस्था नियमावली संशोधन गरिएको छ । यो संशोधित व्यवस्थाअनुसार प्रयोगात्मक परीक्षा ट्रायल दिँदा फेल भएकाले १ महिनापछि फेरि ट्रायल दिन पाउने छन् ।

अहिले ट्रायल फेल भएकाले ९० दिन अर्थात् ३ महिनासम्म मौका पाउँदैनन् । यसअघिको व्यवस्थाले धेरैलाई सास्ती भएको र अव्यावहारिक देखिएकाले नियमावलीमा संशोधन गरिएको विभागको भनाइ छ । व्यवस्थाअनुसार ३ पटकसम्म पनि ट्रायल फेल भएकाले फेरि नयाँ प्रक्रियाअनुसार नै लिखित परीक्षा दिनुपर्नेछ ।कारोबार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर