Aamsanchar

न्यायाधीशहरुले कुर्सीमा बस्ने र कागजमात्र केलाउने सोचलाई बदल्नुपर्छ

Author Image
मङ्गलवार, कार्तिक ३०, २०७३

भद्रपुर ।

rss_images_1468142599154_pro_160710_img_5610_Knk2IV6ftO

प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायालयमा सर्वसाधारण जनताको पहुँच पुर्‍याउन सके दन्डहीनताको अन्त्य हुने बताएकी छन् ।

सर्वोच्च अदालतद्वारा झापाको चन्द्रगढीमा आयोजित ‘महिलाको न्यायमा पहुँच र सरोकारवाला निकायबीचको समन्वय’विषयको छलफल कार्यक्रमको मंगलबार उद्घाटन गर्दै उनले न्यायालयमा पहुँच नभएका समुदाय र वर्गलाई पहुँच पुर्‍याउन सबैले आ–आफ्नो तहबाट प्रयास गर्नुपर्नेमा जोड दिइन् ।

‘न्यायाधीशहरुले कुर्सीमा बस्ने र कागजमात्र केलाउने सोचलाई बदल्नुपर्छ’– उनले भनिन् । सो अवसरमा सर्वोच्च अदालतका सहरजिस्ट्रार ममता खनाल, जिल्ला अदालत झापाका न्यायाधीश सुदर्शन पाण्डे र महिला विकास अधिकृत इन्दिरा ओझाले ‘महिलाको न्यायमा पहुँच र यससम्बन्धी व्यवस्था’काबारेमा आआफ्ना कार्यपत्र प्रस्तुत् गरेका छन् ।

कार्यक्रममा झापा, सुनसरी, मोरङ, धनकुटा र इलामका न्यायाधीश, जिल्ला न्यायाधिवक्ता, महिला विकास अधिकृत, कानुन व्यवसायी र महिला अधिकारकर्मीलगायत करिब १०० जना सहभागी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर