Aamsanchar

आज बेलुका नेपाली फुटवल टोली नेपाल आइपुग्ने

Author Image
बुधवार, मंसिर १, २०७३

काठमाडौं,nep jeeet

एएफसी सोलिडारिटी कपको उपाधि जितेको नेपाली राष्ट्रिय फुटवल टिम बुधबार बेलुका नेपाल फर्किने भएको छ ।

बेलुका साढे आठ बजे नेपाली टोली त्रिभुवन विमानस्थलमा उत्रिने अखिल नेपाल फुटवल संघ एन्फाले जनाएको छ ।

एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले नेपाली टिमलाई दिने नगद पुरस्कारलगायत अरु सम्मानबारे एन्फाको कार्यसमितिको बैठकले निर्णय गर्ने बताउनुभयो ।

नेपाली टिमलाई सरकारले जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

Views: 163

प्रतिक्रिया (०)