Aamsanchar

कालिकोटमा ८२४ बालबालिका कुपोषित, ३०१ जनामा उच्च कुपोषण

Author Image
बुधवार, मंसिर १, २०७३

कालिकोट,

kuposhan

कालिकोटमा ८ सय २४ बालबालिका कुपोषित भएका छन् । जस मध्ये ३ सय १ बालबालिकालाई कडा शिघ्र कुपोषण भएकोे भेटिएको छ । ५ सय २३ बालबालिकामा मध्यम शिघ्र कुपोषण छ ।

कुपोषणको दर बढी बालिकामा देखिएको जिल्ला स्वास्थ कार्यालयका सिनियर अहेव पोषण फोकल प्रसन कटक महतले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालयले साउनबाट शिघ्र कुपोषण एकीकृत कार्यक्रम सञ्चालन गरेपछि तथ्याङ्क बाहिर आएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयले २ सय १२ जना स्वास्थ्य कर्मीलाई तालिम दिएर कडा शिघ्र कुपोषण भएका बालबालिकाको पहिचान गर्न स्थानीय स्वास्थ्य संस्थाबाट सुरु गरेका थियो । कडा शिघ्र उच्च कुपोषण भएका २ सय ३७ बालबालिका जिल्लाका विभिन्न स्वास्थ संस्थामा उपचारमा रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयले धौलागोह, स्यूना, मेहेलमुडी, रकू, कुमालगाउ, राँचुली, गेला, र मान्ममा रहेका स्वास्थ्य केन्द्रहरुमा बहिरंग सेवा सञ्चालन गरी उपचार गरिरहेका छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट रिफर गरि पठाइएका जटिलतायुक्त कडा शिघ्र कुपोषित बालबालिकाको उपचारका लागि बिषेश उपचारकक्षको ब्यवस्था गरी एकजना बिरामीको हेरचाह गर्ने लाई खानाको समेत ब्यवस्था मिलाइएको छ ।

कर्णालीमा मानवअधिकारको संरक्षण र संर्बद्धनमा क्रियाशिल किर्डाक नेपाल आधार परियोजनाले स्वास्थ्य अधिकारका बिषयमा मंगलबार सरोकारवालसँग छलफल गरेको थियो.उज्यालोबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 265

प्रतिक्रिया (०)

सम्बन्धित खबर