Aamsanchar

आजबाट कर सप्ताह सुरु

Author Image
बुधवार, मंसिर १, २०७३

झापा ।

Tax-680x365

आन्तरिक राजश्व कार्यलय झापाको आयोजनामा झापाको बिर्तामोडमा पनि प्रभातफेरी सहितको कार्यक्रम गरि कर सप्ताहको उद्घाटन गरिएको छ । कार्यक्रमको झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले उद्घाटन गर्नु भएको थियो ।

बिर्तामोडको अदुवा खोलाबाट शुरु भएको प्रभात फेरी ,शनिश्चरे रोड हुदै कन्काई रोड, भद्रपुर रोड र कार्यक्रम स्थल राष्ट्रिय बाणिज्य बैंक अगाडी उद्घाटन कार्यक्रममा पुगेर केन्द्रित भएको थियो ।

कार्यक्रममा झापाका बिभिन्न उद्योघ बाणिज्यसंघ तथा बिभिन्न संघ सस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले बैज्ञानीक कर प्रणली लागु गर्न सरकारसँग जोडदार माग गरेका छन् ।

कर सप्ताहकै अवसरमा झपाको बिर्तामोड मेचीनगर तथा भद्रपुरमा आन्तरिक राजश्व कार्यालयले जनचेतना मुलुक माइकिङ तथा प्रचार प्रसारलाई पनि तिब्रता दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर