Aamsanchar

भारु नोटको प्रतिबन्धले ब्यवसाय चौपट /भन्सारमा राजश्व आधा घट्यो

Author Image
बिहिवार, मंसिर २, २०७३

(नरेन्द्र ढकाल)
झापा ।

ic-varu-indian-currency

भारत सरकारले भारतीय पाँचसय र हजार रुपैयाँका नोटमा प्रतिबन्ध लगाएपछि त्यसको असर भन्सार कार्यालयहरुमा देखा पर्न थालेका छन् । दैनिक लाखौंको कारोबार हुने मेची भन्सारमा अहिले आधा मात्र कारोबार हुने गरेको मेची भन्सार कार्यालयका प्रमुख अधिकृत भीमप्रसाद अधिकारीले जानकारी दिएका छन् ।
भारतले अचानक भारु पाँच सय र हजारको नोटमा लगाएको प्रतिबन्धले नेपालमा प्रत्यक्ष असर परेको ब्यवसायीहरुको भनाई छ । मेची भन्सारको दैनिक तथ्याङ्क अनुसार यात्रुबाट ५–७ लाखको दैनिक राजश्व संकलन हुनेमा अहिले दैनिक ३–४ लाख मात्र रहेको छ । त्यस्तै अस्थायी पैठारी तर्फ दुई सय सवारी दैनिक आउने गरेकोमा अहिले मुस्किलले एक सय मात्र भित्रने गरेका छन् । त्यस्तै भारु नोटको असर असर नगद कारोबारमा समेत देखा परेको मेची भन्सार कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए । उनले ब्यवसायी कम मात्र नगद कारोबार गर्ने गरेकाले राजश्वमा असर परेको बताए । यही अवस्था रहेमा मेची भन्सार कार्यालले लक्ष्य अनुसारको राजश्व संकलन गर्न गाह्रो पर्ने उनको भनाई छ ।
चालु आर्थिक वर्षमा २ अर्ब ९६ करोड ९२ लाख ३९ हजार रुपैंया राजश्व संकलन गर्ने लक्ष्य लिएको मेची भन्सार हाल सम्म लक्ष्यको १७ दशमलव १९ प्रतिशत राजश्व संकलन गरेको छ । तर बजारमा हल्ला गरिए जस्तो पेट्रोलियम पर्दाथको आयातमा भने समस्या नभएको अधिकृत अधिकारीले बताए । उनले साविककै झै पेट्रोलियम पर्दाथहरु आयत भएको जानकारी दिए ।
भारु नोट गर्ने गर्दा भारतसंग प्रत्यक्ष सिमा जोडीएको झापामा ब्यपार ब्यवसायमा गम्भिर असर पारेको ब्यवसायीहरुको भनाई छ । मेची उद्योग वाणिज्य संघका अध्यक्ष पंकजविक्रम नेम्वाङ्गले कांकरभिट्टा तथा धुलाबारी मात्र नभएर समग्र झापाकै ब्यवसाय चौपट्ट भएको बताएका छन् । उनले भारु नोटको प्रतिबन्धले सबैभन्दा बढी ब्यवसायीहरु मारमा परेको बताए । नेम्वाङ्गले सरकारले भारु नोट सटहरी गर्न पहल नगरेको भन्दै गुनासो गरेका छन् । त्यस्तै विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष बलराम कार्कीले भारु पाँच सय र हजारको नोटमा लगाइएको प्रतिबन्धका कारण भारतबाट आयत हुने सामनहरु आउन छाडेको जानकारी दिएका छन् ।

उनले आफुहरुसंग पाँच सय र हजारका नोट भन्दा साना नोटहरु कम भएका तथा ब्यवास गर्न ठूलै नोटको प्रयोग गर्ने गरेकाले अहिले अत्यन्त गाह्रो भएको उल्लेख गरे । त्यस्तै कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणी पोख्रेलले ब्यवसायीहरु मारमा पर्दा समेत राज्यले चासो नदेखाएको बताएका छन् । भारतसंग सिमाना जोडिएकाले झापाका ब्यवसायीहरु भारतीय रुपैंयामा भएको प्रतिबन्धले गर्दा समस्यामा परेको बताएका छन् ।

उनले सरकारले ब्यवसायीको समस्या समाधान गर्न नेपालकै बैंक मार्फत भारतीय रुपैंया सटही गर्ने ब्यवस्था मिलाउनु पर्ने विचार ब्यक्त गरेका छन् । ब्यपार ब्यवसाय मात्र नभएर भारु नोटमा लगाइएको प्रतिबन्धका कारण कांकरभिट्टाको होटलहरुको सुनसान भएको होटल ब्यवसायी संघ मेचीका अध्यक्ष ललीत तामाङ्ले जानकारी दिए । उनले भारतबाट आउने भारतीय पर्यटकहरु आउनै छाडेकाले होटलहरु सुनसान भएको बताए । तामाङ्ले भारु नोटको प्रतिबन्धका कारण निकै ब्यस्त हुने कांकरभिट्टा अहिले सुनसान भएको बताएका छन् । विभिन्न सामानहरु किनमेल गर्न भारतीय बजार पानीट्याङ्की, सिलिगुढी लगायतका स्थानमा जाने नेपालीहरु जान नै छाडेको जानकारी दिए ।

यसैबीच ब्यवसायीहरुले भारु नोट सटही गर्नका लागी सरकारले पहल गर्नु पर्ने माग गरेका छन् । आमसञ्चारकर्मी संग कुरा गर्दै उनीहरुले भारतीय नोट पाँच सय र हजारको प्रतिबन्धले ब्यवसायीसंग भएको हजारौं रुपैंया के गर्ने भन्ने अन्यौल छाएको बताउदै त्यसलाई सटही गर्नका लागी सरकारले ठोस पहल थाल्नु पर्ने विचार ब्यक्त गरेका छन् । साथै उनीहरुले भारतमा बिरामी लिएर जानुपर्ने अवस्थामा भारु नोटको प्रतिबन्धले झनै समस्या ल्याएको भन्दै सरकारले यो विषयमा छिट्टै पहल थाल्नुपर्ने बताएका छन् ।

यसैबीच पछिल्लो पटक भारतीय बजारमा किनमेल गर्न जाने नेपालीहरु भारतीय रुपैंया नचल्ने भन्दै उनीहरुले नै तोकेको भाउमा पैसा छाडेर आउनु पर्ने बाध्यता रहेका विर्तामोडकी दुर्गा प्रसाईले बताएकी छन् । उनले भारतीय रुपैंया पाँच सयको नोटलाई भारतीय ब्यपारीले नेपाली पाँच सय रुपैंया मात्र दिने त्यो पनि सामान लैजानुपर्ने भन्ने गरेको जानकारी दिएकी छन् । भारु नचल्ने भनेपछि आफु भारतमा नै उक्त नोट साट्न जाँदा ब्यपारीले ठगी गरेको बताइन् । यसैबीच सिमा क्षेत्रमा प्रहरीले भारु नोटमा कडाई गर्न थालेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर