Aamsanchar

अबको आन्दोलन राजधानी केन्द्रित हुने –अध्यक्ष कार्की

Author Image
बिहिवार, मंसिर २, २०७३

झापा ।

15134279_767938293344129_1570254521_n

साना किसान झापाली चिया ब्यवसायी संघनेपालले आफ्ना मागहरुको सुनुवाई नभएको भन्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

आज झापाको विर्तामोडमा पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष पुर्णकुमार कार्कीले आफुहरु २० वर्षदेखि आन्दोलनमा रहेको बताए । उनले राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रिय कार्यालय विर्तामोडमा ५६ दिन सम्म शान्तिपूर्ण भद्र धर्ना कार्यक्रम गर्दा समेत कसैले माग सुनुवाई गर्न चासो नदेखाएकाले आगामी मंसीर ७ गतेबाट १३ दिन सम्म काठमाण्डौं स्थित चिया तथा कफी विकास बोर्डको केन्द्रिय कार्यालयमा भद्र धर्ना दिने जानकारी दिएका छन् ।

किसानहरुले उचित मुल्य नपाएको भन्दै पटक–पटक आन्दोलन गर्दै आउदा समेत आफुहरुको मागलाई विििभन्न बहानामा टार्ने काम भएकाले अब माग पुरा नभए सम्म आन्दोलन नरोकिने धारणा ब्यक्त गरे । पछिल्लो समयमा आफुहरुले दुई सुत्रिय माग राखेर आन्दोलन गरिरहेको अध्यक्ष कार्कीले जानकारी दिए ।

उनका अनुसार २०७१ साल असार १ गतेदेखि क्षेत्रिय कार्यालयलाई हरियो पत्तिको मुल्य निर्धाको जिम्मा दिए देखि हाल सम्मको सबै लिखतहरुको न्यायिक अनुसन्धान गर्न उच्च स्तरीय जाँच बुझ आयोग गठन हुनुपर्ने र साना किसान झापाली चिया ब्यवसायी संघले झापाका हल्दिबारी र बाहुनडाँगीमा निमार्ण गरिरहेको सहकारी चिया कारखानाहरुलाई दिने भनेको ५० प्रतिशत रकम एक मुष्ठ रुपमा यसै आर्थिक वर्ष भित्र उपलब्ध गराउनु पर्ने रहेको छ ।

झापाको हाल्दिबारी ८ करोड ३४ लाख र ७ करोड ९७ लाख रुपैंयाको लागतमा सरकारी चिया कारखाना निर्माणधिन अवस्थामा रहेको छ भने बाहुनडाँगीमा ७ करोड रुपैंया बढीको लागतका सहकारी चिया कारखाना निर्माणाधिन अवस्थामा रहेको कार्कीले बताए ।

उनले आफुहरुलाई सरकारले ५० प्रतिशत अनुदानदेनि बताए पनि हाल सम्म एकमुष्ठ रकम नहुदाँ सामान खरिद गर्न समस्या भएको बताएका छन् । उनीहरुले आफुहरुको माग सम्बोधन गर्न सरकारले अनाकाहानी गरेमा कडा सर्घषमा उत्रने चेतावनी समेत दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर