Aamsanchar

संविधान संशोधनको हल्ला चलाउनु बेकार– खनाल

Author Image
बिहिवार, मंसिर २, २०७३

बिर्तामोड।

jhalnath_ZCTLU3Qitz

नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनको औचित्य पुष्टि नभएकाले तत्काल संशोधनको हल्ला चलाउनु बेकार भएको बताएका छन् ।

झापाको बिर्तामोडमा बिहिबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले संविधान संशोधन गर्नु अघि कार्यान्वयन गर्न आवश्यक रहेको बताए । उनले ७४ कोे माघ सम्ममा तीनवटै तहको निर्वाचन गर्नुपर्ने बताए । पुर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले राज्य पुनसंरचना आयोगले सो अवधिमा आफ्नो कार्यभार पुरा गर्ने सम्भावना नभएकाले पुरानै संरचनामा भएपनि चुनाव गर्नुपर्ने अवस्था आएको बताए ।

नेता खनालले बर्तमान सरकार बिभिन्न बखेडा झिकेर चुनाव लम्ब्याउन खोजिरहेको आरोप लगाउँदै अहिलेको अवस्थामा संविधान संसोधनको कुनै औचित्य नरहेको प्रष्ट पारेका छन् ।

‘संविधान सोधन के का लागि र किन भन्ने प्रष्ट नभइएकन एमालले तेसमा सहमति नगर्ने समेत उनले बताए । जारी संविधानले नयाँ राजनैतिक पद्धती, आर्थीक, नयाँ सामाजिक, सांस्कृतिक समानता र नयाँ विदेश निति जस्ता पाँच परिकल्पना समेत लिएकाले पनि कार्यान्वयनमा तीन दल जुट्न आवश्यक रहेको उनको धारणा छ ।

फरक प्रसंगमा खनालले नेताले मात्र राष्ट्रिय ढिकुटीबाट खर्च गरेर उपचार गर्न जाने परिपार्टीको अन्त्य हुनुपर्ने बताए । कार्यक्रममा नेता भिम आचार्यले १ नम्बर प्रदेश अवको चुनावपछि एमाले पहिलो पार्टी हुने दावी गरे । कार्यक्रम प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)