मोरङ ।
मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रका चामल उद्योग धराशायी भएका छन् । नेपाली व्यापारीले भारतबाट चामल आयात गर्न थालेपछि यहाँका चामल उद्योग धराशायी भएका हुन् ।
चामल उद्योगी तथा मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष अविनाश बोहरा भारतबाट सस्तो मूल्यमा यहाँका खुद्रा व्यापारीले चामल आयात गर्ने गरेका बताउनुहुन्छ । भारतबाट आयात गरेको चामलको तुलनामा करिडोर क्षेत्रका उद्योगले उत्पादन गर्ने चामल महँगो पर्ने भएकाले यहाँका उद्योग सङ्कटमा परेका हुन ।
विराटनगर भन्सार कार्यालयका सूचना अधिकृत राजेन्द्र ढुङ्गाना आव २०७२÷७३ मा रु दुई अर्ब १७ करोड मूल्य बराबरको ६० हजार ६०० मेट्रिक टन चामल आयत भएको बताउनुहुन्छ । त्यसैगरी आव २०७३÷७४ को असोजमसान्त सम्ममा रु दुई अर्ब २७ करोड मूल्य बराबरको १० हजार १९२ मेट्रिक टन चामल आयात गरिएको छ । आव २०७१÷७२ मा ६० हजार ६०० मेट्रिक टन चामल आयत गरिएको थियो ।