Aamsanchar

धरानमा डेङ्गुपीडित थपिँदै

Author Image
बिहिवार, मंसिर २, २०७३

इटहरी ।

lamkhutte

डेङ्गुपीडित ३५ जनाको उपचार पछि धरान–१६ का अरु दुईजना पीडित थपिएका छन् ।  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अघिल्लो साता धरान–१६ की १३ वर्षीया जिना राईमा डेङ्गुको उपचारलगत्तै सोही वडाका १८ वर्षीय सवीन प्याकुरेल र ४९ वर्षीय भीम प्याकुरेल पनि डेङ्गुपीडित भई बुधबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ भर्ना भएका छन् ।

झापाको दमक नगरपालिका र आसपासका क्षेत्रमा देखिएको डेङ्गु पछिल्लो समयमा आएर धरानमा पनि देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले धरानमा त्यससम्बन्धी छलफल समेत चलाएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक उपचार कक्षमा दैनिक ४ देखि ५ जना मानिस डेङ्गुपीडित भई उपचारका लागि आउने गरेको डा सुनिल जिरेलले जानकारी दिनुभएको छ । प्रतिष्ठानमा उपचारार्थ आएका सबै डेङ्गुपीडित स्वस्थ भएर जाने गरेको पनि उहाँले जानकारी दिनुभयो ।

सफा पानीमा बस्न रुचाउने एक प्रकारको लामखुट्टेको टोकाइबाट डेङ्गु रोग सर्ने चिकित्सकले जानकारी दिँदै धेरै लामो समयसम्म घर वरपर बाल्टी वा अन्य भाँडावर्तन र खाल्डोमा सफा पानी जम्न नदिनु नै यस रोगको सङ्क्रमणबाट जोगिन सकिने प्रमुख उपाय रहेको बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर