Aamsanchar

पेट्रोलियम पदार्थ बोकेको ट्यांकरमा विस्फोट, ७० भन्दा बढीको मृत्यु

Author Image
शुक्रवार, मंसिर ३, २०७३

मोजाम्बिक।

1468801550tanker

मोजाम्बिकमा पेट्रोलियम पदार्थले भरिएको एउटा ट्यांकर विस्फोट हुँदा ७० जनाभन्दा बढीको मृत्यु भएको छ ।

अधिकारीहरुका अनुसार सो ट्यांकरबाट स्थानीयले इन्धन चोरी गरिरहेको अवस्थामा विस्फोट भएको हो । समाचार एजेन्सीहरुका अनुसार दुर्घटना भएको सो ट्यांकरबाट स्थानीले इन्धन निकालिरहेको समयमा विस्फोट हुँदा कयौं मानिस आगोको चपेटामा परेका थिए । विस्फोटमा एक सयभन्दा बढी मानिस घाइते भएको बताइएको छ ।

उक्त ट्यांकर बाएरा बन्दरगाहबाट पेट्रोल लिएर आउँदै गरेको अवस्थामा दुर्घटना भएको बताइन्छ । (एजेन्सी)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर