Aamsanchar

महिला मन्त्रीको नग्न तस्बिर भाइरल, बर्खास्तीको माग

Author Image
शुक्रवार, मंसिर ३, २०७३
Anastasia Deeva

Anastasia Deeva

डेलीमेल
आजकाल एक मन्त्रीको तस्बिर सोसल मिडियामा निकै भाइरल भइरहेको छ । महिला मन्त्रीको यो तस्बिर विभिन्न कारणले विवादमा फसेको छ ।
युक्रेनकी युवा मन्त्री अनस्तासिया दीवाको टपलेस र नग्न तस्बिर सोसल मिडियामा भाइरल भएपछि उनको बर्खास्तीको माग जोडतोडले उठिरहेको छ । उनका तस्बिरमा करोडौं लाइक आइसकेको छ भने मानिसहरुको दीवाको नाम खोजीखोजी उनको फोटोमा लाइक गरिरहेका छन् ।
२४ वर्षको उमेरमा युक्रेनको उप–इन्टेरियरमन्त्री बन्न सफल दीवा थुप्रै कारणले विवादमा आइरहन्छिन् । बेलायतमा पढेकी दीवा मन्त्री पदका लागि निकै कलिलो भएको भनी उनलाई किभमा थुप्रैले आलोचना गरेका थिए ।
उनका फोटोहरु भाइरल भएपछि उनको बचाउमा इन्टेरियरमन्त्री उत्रेका छन् । मन्त्री आर्सेन आवाकोवले ती तस्बिरहरु दीवाको नीजि तस्बिर भएको बताउँदै उनी कलेज पढ्दाताका उक्त फोटो खिचएको बताएका छन् ।
सोसल मिडियामा मानिसहरुले दीवाको इन्टेरियर मन्त्रीसँग चक्कर चलिरहेको पनि बताएका छन् ।
यद्यपी स्रोतले भने उनीहरुबिच त्यस्तो केही सम्बन्ध नरहेको बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर