Aamsanchar

आँखा अस्पतालमा भारतीय विरामी घटे

Author Image
शनिवार, मंसिर ४, २०७३

(नरेन्द्र ढकाल)
झापा ।

12572-20160522164956_700x700
भारतीय रुपैंयाको प्रतिबन्धको असर नेपालको राजश्व, ब्यपार ब्यवसाय मात्र नभई अस्पतालहरुमा समेत देखा पर्न थालेको छ । भारतीय नागरिकको मन जित्न सफल नेपालका आँखा अस्पतालहरुमा आधा भन्दा धेरै विरामी घटेको मेची आँखा अस्पताल सैनिक मोडका प्रशासक सुरज रौनियारले जानकारी दिए ।
उनका अनुसार दैनिक ८ सयको संख्यामा मेची आँखा अस्पतालमा भारतीय विरामी आउने गरेको अहिले मुस्किलले ३ सय पुग्ने गरेका छन् । भारत सरकारले भारु पाँच सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि सीमावर्ती क्षेत्रमा खुलेका आँखा अस्पतालमा आउने भारतीय बिरामी मारमा हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कात्तिक २३ गते राष्ट्रका नाममा सम्बोधन गर्दै ५ सय र १ हजार भारुमाथि प्रतिबन्ध लगाएका थिए । त्यस लगत्तै आँखा अस्पतालहरुमा विरामीको संख्या घटेको मेची आखाँ अस्पतालले जनाएको छ । मेची आँखा अस्पतालले हाल सम्म ३० लाख आँखाका रोगीको उपचार गरेको र जस मध्ये दुई लाख जनाको मोतिया बिन्दुको शल्यक्रिया गरिएको प्रशासक रौनियारले बताए । भारतको आसाम, दार्जिलिङ्, कोलकता, मणिपुर, विजयापुर लगायत विभिन्न स्थानबाट मेची आँखा अस्पतालमा उपचारका लागी भारतीय नागरिक आउने गरेको बताइएको छ ।
नेपालमा आँखाको उपचार गर्दा सस्तो र भरपर्दो उपचार हुने भएकाले भारतीय नागरिकको रोजाईमा पर्ने गरेको रौनियारले जानकारी दिए । उनले पछिल्लो समय भारु नोटको समस्याका कारण भारतीयहरु आउन छाडेको बताए ।
यसैबीच मेची आँखा अस्पतालमा आएका भारतीय नागरिकहरुले भारु नोटको प्रतिबन्धका आफुहरु समस्यामा परेको बताएका छन् । उनीहरुले आफुहरुले भारतीय रुपैंया लिएर आएको तर सरकारले अचानक भारु पाँच सउ र हजार दरका नोटमा प्रतिबन्ध लगाएपटि समस्यामा परेको उल्लेख गरेका छन् ।
त्यस्तै आँखा आस्पताल आसपासमा खुलेका साना तथा ठूला होटलहरु समेत सुनसान बन्न थालेका छन् । भारतीय नागरिकको चहलपहल अस्पतालमा समेत घटेकाले होटलहरुमा समेत ग्रहाक घटेको होटल सञ्चालकहरु बताँउछन् । खुल्ला सिमाका कारण भारतीय रुपैंया नेपालमा पनि चल्ने भएकाले धेरै नेपालीले भारतीय रुपैंया जोहो गर्ने गरेका थिए । भारतीय बजार तथा अस्पताल जानका लागी सहज हुने भएकाले भारतीय रुपैंयाको प्रतिबन्धले समस्या भएको बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर