Aamsanchar

क्यान्सर पीडितका लागि एक लाख

Author Image
शनिवार, मंसिर ४, २०७३

उर्लाबारी (मोरङ) ।

Money

पथरीशनिश्चरे–८ जिरिखिम्तीका १२ वर्षीय क्यान्सर पीडित उत्सव धिमालको उपचारका लागि नगरभित्रका विद्यालयले रु एक लाख बढी सहयोग प्रदान गरेका छन् ।

टाउकाको क्यान्सर भएका उत्सवलाई बचाउनका लागि नगरभित्र रहेका आठ विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी तथा सञ्चालकबाट सङ्कलित रु एक लाख १५ हजार १२७ शुक्रबार प्रदान गरिएको हो ।

उत्सवको काठमाडौँस्थित दीर्घायु अस्पतालमा ब्रेन ट्युमर भनेर शल्यक्रिया गरिए पनि क्यान्सर नै भइसकेको भन्दै भारत मुम्बाईको टाटा हस्पिटलले किमोथेरापी विधिबाट उपचार गरिरहेको छ ।

शल्यक्रिया, त्यसपछिको किमोथेरापी सहितका उपचारमा घर समेत धितो राखेर हालसम्म रु १८ लाख बढी रकम खर्च भइसकेको उनका बुबा छत्रबहादुरले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर