काठमाडौं ।
नेपालमा रहेको भारतीय ५०० र एक हजारको नोट साट्ने ‘मोडालिटी’ तयार पार्न नेपाल र भारतले छुट्टाछुट्टै समिति बनाएका छन् ।
भारु सटहीको मोडालिटी बनाउन नेपालले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा अर्थ मन्त्रालयका सहसचिव, नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैैंकर्स संघका अध्यक्ष र राष्ट्र बैंक बैकिङ विभाग प्रमुख सदस्य रहेको समिति नेपालले बनाएको छ ।
भारतले पनि नेपाल र भुटानमा रहेको ५ सय र १ हजार नोट साट्ने मोडालिटी बनाउन समिति बनाएको थाहा हुन आएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले शुक्रबार हामीसँग बताए ।
दुबै देशले भारु व्यवस्थापनका लागि तत्परता दिएको भन्दै छिट्टै समस्या समाधान हुने राष्ट्र बैंकको विश्वास छ ।
राष्ट्र बैंक उच्चस्रोतले सर्वसाधारणले कानुनीरुपमा २५ हजारसम्म राखेको भारु साट्न सकिने भएपनि त्योभन्दा बढी भारु भने साट्न भारतलाई दबाब दिन नसकिने जनाएको छ ।