Aamsanchar

स्वास्थ्य संस्थाले बेलुका ५ बजेसम्म सेवा नदिए कारवाही हुने

Author Image
शनिवार, मंसिर ४, २०७३

काठमाडौं,

doctor-stethoscope_2339713b

सरकारले सबै अस्पताल तथा स्वास्थ्य संस्थामा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सेवा दिए नदिएको बारेमा अनुगमन गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयले सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा सार्वजनिक बिदाको दिन बाहेक बिहान १० बजेदेखि ५ बजेसम्म सेवा दिए नदिएकोबारे कडाइका साथ अनुमगन गर्ने जनाएको हो ।

तोकिएको समयसम्म सेवा नदिए सम्बन्धित स्वास्थ्य संस्थाका प्रमुखलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । आफू नजिकैको अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र वा स्वास्थ्य चौकीमा तोकिएको समयमा काम नभए स्वास्थ्य मन्त्रालयमा सूचना दिन मन्त्रालयले नागरिकलाई आग्रह गरेको छ ।

मन्त्रालयले बहिरंग अर्थात ओपिडीसँगै अरु स्वास्थ्य सेवा ५ बजेसम्म उपलब्ध गराउन यसअघि नै सबैलाई निर्देशन दिएको थियो । कात्तिक १५ देखि माघ १५ गतेसम्म भने बेलुकी ४ बजेसम्म सेवा दिनुपर्ने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१