Aamsanchar

पाँचथरमा ९ स्थानीय निकाय प्रस्ताव

Author Image
शनिवार, मंसिर ४, २०७३

पाँचथर :

4690

पाँचथरमा ९ वटा स्थानीय निकाय प्रस्ताव गरिएको छ। स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति र जिल्ला स्थित राजनीतिक दलहरुको बैठकले आयोगले तोकेको ८ मा एक थपेर ९ वटा प्रस्ताव गरेको हो।

याङ्वरक, हिलिहाङ, फालेलुङ, छिन्तापु, फिदिम, फाल्गुनन्द, कुम्मायक, तुम्मेवा र मिक्लाजुङ उल्लेख छ। फिदिमलाई नगरपालिका र तुम्बेमालाई विशेष क्षेत्र प्रस्ताव गरिएको छ। त्यस्तै, पौवासारताप, नवमीडाँडा, इम्बुङ, फाक्तेप, चिलिङदेन र आङसराङ गाविस.को वडा नम्बर ५ ,६ ,७ र ८ वडालाई फाल्गुनन्दमा समेटिएको छ।

यी वडालाई फाल्गुनन्दमा समेटिएपछि असन्तुष्टि जनाउँदै प्रदर्शन गर्दै आएका सरोकारवालाहरु खुशी भएका छन्। यसअघि शुक्रबार दिउँसो  सिमाङकनको विषयलाई लिएर झडप भएको थियो। झडामा प्रहरी र प्रदर्शनकारी समेत गरेर ६ जना सामान्य घाइते भएका थिए।

प्रदर्शनकारीले जिल्ला प्राविधिक कार्यालयको दुई वटा कोठाको झ्याल ढुंगा प्रहरी गरी फुटाएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)