Aamsanchar

च्याउ खाँदा एकै परिवारका तीन बिरामी

Author Image
शनिवार, मंसिर ४, २०७३

झापा।download
झापाको गौरादहमा च्याउ पकाएर खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन्।

च्याउको तरकारी खाएर बिहिबार साँझ गौरादह २ की २८ वर्षिय बिमला खतिवडा, उनकी छोरी बर्ष ८ की सन्ध्या खतिवडा र छोरा बर्ष ५ को सन्देश खतिवडा बिरामी परेका हुन्।

खतिवडा परिवारले आफ्नै घर नजिकै परालको कुन्युमा उम्रिएको च्याउ टिपेर तरकारी बनाई खाएका थिए। तीनै जना बिरामीहरुको लाईफ लाईन अस्पताल दमकमा उपचार भईरहेको छ।

Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर