मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
मेहनत गर्दा विशेष अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। पहिले दुश्मनी गर्नेहरूले मित्रताका हात अघि बढाउलान्। व्यवहारमा आमाको माध्यम लाभदायक बन्न सक्छ।बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। दाम्पत्यमा शंका र असमझदारी बढ्ने समय छ। परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। सहयोगीहरूले पनि विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान्। आर्जित धन खर्च हुन सक्छ। तर आफ्नै प्रयासले लाभ मिल्न सक्छ। प्रतिस्पर्धीहरूबाट सजग रहनुहोला। पहिलेका कर्मको प्रतिफल पाइनेछ।मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा समेत विवाद बढ्ने सम्भावना छ। व्यापारमा लाभांश कममात्र प्राप्त हुनेछ। विगतको श्रमबाट भने लाभ हुनेछ। अध्ययनमा त्यति समय दिन नसकिएला। काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ। सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्। अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुने देखिन्छ।कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। रमाइलो जमघटको आनन्द लिनबाट वञ्चित भइएला। मौकाको फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्।सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्ने देखिन्छ। प्रयत्न गर्दा ऋणमोचन हुने सम्भावना छ। यात्रा गर्ने अवसर जुट्नेछ भने पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ।कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)


तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। अरूका लागि खर्च बढ्न सक्छ। मौका आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। आस देखाउनेहरूले धोका दिन सक्छन्। आफ्ना काममाथि अरूको निगरानी हुन सक्छ। अध्ययनमा समय दिन नसकिएला। व्यापारमा सामान्य फाइदा उठाउन सकिनेछ। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला।बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। भाग्यले विभिन्न अवसर थमाउन सक्छ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। शुभचिन्तकहरूले साथ दिनाले कर्मयोग बलियो रहनेछ। कृषि र व्यापारमा पनि मनग्य फाइदा हुनेछ। मेहनतले लक्ष्यमा पुर्याउनेछ। पदीय जिम्मेवारीसमेत प्राप्त हुने सम्भावना छ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्।धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
अरूका काममा धेरै समय खर्चनुपर्ला। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछमकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
हडबडले काम बिग्रनेछ भने धैर्य एवं मेहनतले मनग्य आम्दानी दिलाउनेछ। अतिथिका रूपमा सम्मान प्राप्त होला। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। विभिन्न सहयोग र उपहार पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा जगाउनेछ। वादविवादबाट जोगिने प्रयत्न गर्नुहोला।कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
कमजोरीले चिन्ता बढाउन सक्छ। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। श्रम गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ। अवसरवादीहरूले फसाउन सक्छन्। तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा उठाउन सकिनेछ। फाइदाका लागि गोपनीयतामा ध्यान पुर्याउनुहोला।मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्
Views: 212

