Aamsanchar

महिलाको नाममा घरेलु तथा साना उद्योग दर्ता गर्ने क्रम बढ्दो

Author Image
आइतवार, मंसिर ५, २०७३

धनकुटा।

images

धनकुटामा महिलाको नाममा घरेलु तथा साना उद्योग कार्यालयमा साना उद्योग दर्ता गराउने क्रम बढेको छ ।

महिलाका नाममा उद्योग दर्ता गराउँदा कार्यालयले अनुदान दिने भएपछि उद्योग दर्ता गराउने क्रम बढेको हो । दुई बर्ष अघिसम्म महिलाको नाममा नगण्य रुपमा उद्योग दर्ता हुने गरेपनि आर्थिक बर्ष ०७२/७३ मा एक सय ७५ मध्ये ४१ उद्योग महिलाको नाममा दर्ता गरिएका छन् ।

त्यस्तै चालु आर्थिक बर्षको पहिलो चौमासिकमा दर्ता भएका ७८ उद्योग मध्ये १९ उद्योग महिलाकै नाममा दर्ता भएका छन् । कृषि, सिलाई, ढाका लगायतको उद्योग बढि दर्ता हुने गरेको घरेलु तथा साना उद्योग विकास समिति धनकुटाका प्रशिक्षण प्रमुख नितेस यादवले बताए ।

घरेलु तथा साना उद्योग विभागले महिला उद्यमशिलता कोषमार्फत महिला उद्यमीलाई एक लाखदेखि पाँचलाख रुपैयाँसम्म अनुदान दिने तयारी गरेको छ । यो बर्ष सो अनुदानका लागि ३५ वटा निवेदन परेको घरेलु तथा साना उद्योग विकास समिति धनकुटाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१