Aamsanchar

धरहरा बनाउन प्रवासी नेपाली मन्च युएईको दुई लाख

Author Image
सोमवार, मंसिर ६, २०७३

15135652_1253523754699023_2066631182_n

भरत शिवाकोटी

[युएई]

विगत लामो समय बाट युएईमा सकृय रहेको नेकपा एमाले निकट रहेको जनसंगठन प्रवासी नेपाली मन्च युएईले २०७२ सालको महाभूकम्पबाट क्षतविच्छेद बनेको धरहरा पुनर्निमार्णका निमित्त दुई लाख रुँपैया आर्थिक सहयोग उपल्ब्ध गराएको छ । गत शुक्रबार घर बिदामा रहेका प्रवासी नेपाली मन्च युएईका महासचिव भेसराज ढकाल सहितको प्रवासी नेपाली मन्च युएईको प्रतिनिधि मण्डलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोट भक्तपुरमा भेटेर सो रकम हस्तान्तरण गरेका हुन ।

साथै उक्त प्रतिनिधि मण्डलले युएईमा नेपालीहरुले भोग्नुपरेका विविध समस्याहरुलाई समाधान गर्नका निमित्त १० बुँदे ध्यानाकर्षण पत्र समेत अध्यक्ष ओलीलाई हस्तान्तरण गरेको छ ।

ध्यानाकर्षण पत्रमा प्रवासमा रहेका सम्बन्धित दुतावासबाट नै श्रम स्वीकृतिको व्यवस्था गरिनुपर्ने, प्रवासमा समेत मतदाता नामावली संकलन गरिनुपर्ने, बैदेशीक रोजगारमा रहेका नेपालीहरु नेपाल फर्के पछी लगानीमा प्रोत्साहन गर्न वा उधोगधन्दा गर्न सस्तो ब्याजदरमा ऋण तथा कर छुटको व्यवस्था गरिनुपर्ने,दुबईमा कन्सुलर अफिस खोलिनु पर्ने,भिजिट भिसाबाट निम्तिएको समस्याको निराकरण, त्रिभुवन विमानस्थलको सेटिङ र लापरवाहीको नियन्त्रण लगायतका बिसयहरु समावेस गरिएको जानकारी प्रवासी नेपाली मन्च युएईका अध्यक्ष श्याम कँडेलले जानकारी दिएका छन ।

युएईमा रहेका विभिन्न व्याक्तिहरुबाट स्वेच्छिक रुपमा प्राप्त सहयोग रकम र गत दिपावलीमा मन्चले धरहरा निर्माणको सहयोगार्थ आयोजना गरेको देउसीभैलो कार्यक्रमबाट संकलित रकमलाई प्रवासी नेपालीहरुको तर्फबाट रास्ट्रको धरोहर निर्माणका निमित्त उपलब्ध गराएको महासचिव भेसराज ढकालले जानकारी दिएका छन सँगै युएईमा रहेका आफ्ना पार्टी सदस्यहरुबाट नेकपा एमालेको पार्टी भवन निर्माणका निमित्त तिन लाख रुँपैया समेत पार्टी अध्यक्षलाई हस्तान्तरण गरिएको उनले बताएका छन ।

उनका अनुसार भेटमा पार्टीले ध्यानाकर्षण पत्रलाई अध्ययन गरेर प्रवासी नेपालीहरुका हितका निमित्त पार्टीले सक्दो सहयोग गर्ने, समस्या समाधान गर्न सरकारलाई घच्घच्याउने प्रतिबद्दता अध्यक्ष ओलीले व्यक्त गर्दै धरहरा तथा पार्टी भवन निर्माणमा गरेको सहयोगका निमित्त प्रवासी नेपाली मन्च युएई र युएईमा रहेका सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद ब्यक्त गरेका थिए ।

स्मरण रहोस, तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक महिनाको तलब दिएर घोषणा गरेको कार्यक्रम ‘म बनाउँछु मेरो धरहरा’ अभियानमा हालसम्ममा ठुलो रकम जम्मा भएको छ ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर