Aamsanchar

एसपी थापा हटाउने योजना विफल, झापामै दरबन्दी कायम

Author Image
सोमवार, मंसिर ६, २०७३

 

[पार्थ मण्डल]

भद्रपुर।

SP copy

 

घुस तथा उपहार नलिने प्रहरी उपरिक्षक [एसपीे] शैलेस थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय झापामा दरबन्दी कायम गरेको छ ।

पाँच महिनाअघि काजमा आएका एसपी थापालाई काजफिर्ता गराउन केही समूहले चलखेल गरिरहेको भन्ने बिषयमा आमसञ्चार अनलाइनमा समाचार प्रकाशित भएसगै प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाले एसपी थापालाई एक बर्षका लागि झापामा दरबन्दी कायम गरिदिएको हो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज साविक दरबन्दी भएका एसपी थापालाई प्रहरी महानिरीक्षकको मसिर ५ गतेको निर्णय अनुसार यही मंसिर महिनादेखि तलब तथा भत्ता कार्यरत स्थानबाट खानु भनि सरुवा गरेको परिपत्र जारी पत्रमा उल्लेख गरिएको छ ।

झापामा गैरकानुनी क्रियाकलाप तथा तस्करी गतिविधी नियन्त्रण हुन थालेसगै एसपी थापालाई हटाउन चलखेल सुरु भएको थियो । थापालाई काजफिर्ता गराउन तस्कर सहित सो समूहमा आवद्ध उद्योगी, व्यापारी, राजनैतिकदल गृहमन्त्री देखि आईजीपी सम्म दौडधुपमा लागी परेपनि उनीहरुको योजना सफल हुन सकेन ।

अन्ततः एसपी थापा अझ एक बर्ष झापाली जनता समक्ष काम गर्ने भएका छन् ।
एसपीलाई खुशी बनाएर आफ्नो काम निकाल्न झापाका केहि उद्योगी तथा व्यापारीले चाडपर्वको समयमा उपहार स्वरुप मिठाई, चियारङ्, मूल्यवान रक्सी तथा नगद लिएर गएका थिए । एसपीले उपहारलाई विनम्रता पुर्वक फिर्ता पठाएपछि उपहार नस्वीकारेको भन्दै गैरक्रियाकलाप गरेर कमाउनेलाई समस्या भएको थियो ।

कानुन पालना गरेको इमान्दार तथा निष्ठाका एसपी झापामा दरबन्दी भएको जानकारी पाएपछि भद्रपुर लगायत झापाका आम नागरिक खुशी भएका छन् । दरबन्दीको कायम भएको विषयमा एसपी थापाले भने– आमझापाबासी सहयोग र सदभाव पाइरहेको बताउदै अवका दिनमा पनि जनताकै हितमा डटेर काम गर्ने प्रतिवद्धता जाहेर गरे । झापाबासीको सहयोगी भुमिका निरन्तर निर्वाह गरिदिन पनि उनले अनुरोध गरेका छन् ।

तत्कालीन एसपी ठाकुरप्रसाद ज्ञवाली एसएसपी भएर झापाबाट गएपछि उनको स्थानमा आइजीपीले एपसी थापालाई झापा पठाएका थिए ।

एसपी थापा झापा आएसगै अपराधिक समूहमा आवद्ध व्यक्ति सहित मोटरसाइकल चोरीमा सम्लग्न गिरोह, नक्कली लाइसेन्स बनाउने गिरो , सिमा क्षेत्रबाट हुने सुपारी, सुत्र्ती, फोरेनगुडस, लत्ताकपडा चोरी तस्करी नियन्त्रण गर्नुका साथै बरामद, बुधवारेमा हत्या भएका बालिकाको हत्यारालाई दिल्लीबाट पक्राउ, फरार अपारधीहरु ध्माधम पक्राउ जस्ता मुख्य काम गरेर झापाली जनातको मन जित्न सफल भएको छ ।

झापाली सञ्चारकर्मीले अपराध तथा तस्करी सम्बन्धी कुनैपनि सूचना तथा समाचार सम्प्रेषण गरेलगतै तुरुन्त एक्सन लिनेमा एसपी थापा पर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर