Aamsanchar

तीन कृषकलाई राष्ट्रपति उत्कृष्ट पुरस्कार

Author Image
मङ्गलवार, मंसिर ७, २०७३

पाँचथर।

images

व्यावसायिक रुपमा कृषि व्यवसाय सञ्चालन गर्दै आएका जिल्लाका तीनजना कृषकलाई यस वर्षको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ ।

पाँचथरको फिदिममा सोमबार आयोजित एक कार्यक्रमका बीच पाँचथर भारपा–८ का लिलाप्रसाद अधिकारी, अमरपुर–६ का पुण्यप्रसाद सुवेदी र कुरुम्वा–४ की इन्द्रकुमारी लावतीलाई जनही नगद रु १० हजार र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो ।

जिल्ला कृषि विकास कार्यालय, पाँचथरले विश्व खाद्य दिवसको सन्दर्भमा आयोजना गरेको एक समारोहबीच उनीहरुलाई पुरस्कार र सम्मानपत्र प्रदान गरिएको हो ।

उनीहरुले आधुनिक कृषि प्रविधिबाट तरकारी, फलफूल र सुन्तलाखेती गर्दै आम्दानीको स्रोत बढाउनका साथै समाजमा रहेका सर्वसाधारणलाई त्यसतर्फ अग्रसर हुने बाटो देखाएकाले पुरस्कृत गरिएको वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले बताउनुभयो ।

उनीहरुलाई पाँचथरका प्रमुख जिल्ला अधिकारी किरण थापा, स्थानीय विकास अधिकारी भानुभक्त बरालसहित जिल्लाका राजनीतिक दलका प्रमुखले अबीर र फूलमाला लगाइदिएर सम्मान समेत गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर