Aamsanchar

निर्वाचन आयोगमा राप्रपा दर्ता

Author Image
मङ्गलवार, मंसिर ७, २०७३

काठमाडौँ।

kamal thapa

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीचको एकतापछि निर्वाचन आयोगमा राष्ट्रिय प्रजातन्त्र पार्टी नामक राजनीतिक दलको मान्यता प्राप्त गर्न निवेदन दर्ता गरिएको छ ।

पुनःगठित राप्रपाका अध्यक्ष र संसदीय दलका नेतामा कमल थापा रहनुभएको छ । पार्टीको ऐतिहासिक एकता घोषणालगत्तै निर्वाचन आयोगमा राप्रपालाई राजनीतिक दलका रुपमा मान्यताका लागि निवेदन गरिएको नेता किरण गिरीले जानकारी दिनुभयो । पार्टीको अन्तरिम विधानानुसार एकीकृत राप्रपाका राष्ट्रिय अध्यक्ष, उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष, प्रवक्ता र सहप्रवक्ता गरी ३०० सदस्यीय कार्यसमिति रहेको प्रावधान छ ।

एकीकृत राप्रपाको एकता महाधिवेशन आगामी माघ महिनासम्म गर्ने सहमति नेताहरुबीच भएको बताइएको छ । यसअघि राप्रपाका तीन शीर्ष नेता पशुपतिशम्शेर जबरा, लोकेन्द्रबहादुर चन्द र डा प्रकाशचन्द्र लोहनीले चक्रीय प्रणालीका आधारमा अध्यक्षको जिम्मेवारी बोक्ने भद्र सहमतिअनुरुप आगामी माघ ११ पछि पार्टीको राष्ट्रिय अध्यक्षको जिम्मेवारी भने महाधिवेशन नहुन्जेलसम्मका लागि डा लोहनीले सम्हाल्नुहुनेछ । हाल पार्टीको राष्ट्रिय अध्यक्ष राणा हुनुहुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)